
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यमले पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजन र अन्य राज्य नियन्त्रित सञ्चार माध्यमले खामेनीको मृत्यु पुष्टि गरेको छ।
त्यही पुष्टि हुँदा, इरान सरकारले ४० दिनको राष्ट्रिय शोक र सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। यो पुष्टि अमेरिकी र इजराइली सेनाले इरानमा संयुक्त हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेपछि आएको हो, जसमा खामेनीको कार्यालय र निवास क्षेत्रमा ठूलो क्षति पुगेको भिडियो/तस्बिरहरूसमेत सार्वजनिक भएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मरेको दाबी गरेका थिए, तर त्यसलाई अस्थायी रूपमा इरानी अधिकारीहरूले त्यसअघिका रिपोर्टहरूमा खण्डन गरेका थिए।
स्थिति अत्यन्त संवेदनशील र अशान्त रहेको बताइँएकाेछ, र मध्यपुर्वमा सम्भावित तनाव/हिंसा बढ्ने चिन्ता व्यक्त गरिएको छ।

