दाङ क्षेत्र नं ३ को मतगणना सुरु



दाङ क्षेत्र नं. ३ को मतगणना सुरु

दाङ क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो ।

भू–संरक्षण कार्यालयमा मतगणना भैरहेको छ । अपराह्न १२ बजेदेखि मतगणना सुरु भएको हो । दाङ क्षेत्र नं। ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय २० मत खसेको थियो । अहिले मतपत्र पट्याउने काम भैरहेको मुख्य निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्