पत्रकार महासंघ दाङ शाखाको २२ औँ साधारणसभा तथा १२ औँ अधिवेशन एवम् मिडिया महोत्सव

संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न मिडियाले भुमिका निर्वाह गर्नुपर्छ ः मन्त्री शर्मा


नेपाल सरकारका प्रवक्ता तथा संचार एवम् सुचना प्रविधि मन्त्री रेखा शर्माले संविधानको कार्यभार र कानुनमा उल्लेख भए अनुसारको जिम्मेवारी पूरा गर्न अब मिडिया र राजनीतिका क्षेत्रबाट अभियान चलाउनु पर्ने बेला आएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औँ साधारणसभा तथा १२ औँ अधिवेशन एवम् मिडिया महोत्सव को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले अहिले पनि महिला उत्पीडन, सिमान्तकृत समुदायका मुद्दा, अधिकार कार्यान्वयनको विषयमा चुनौति देखिएको हुँदा संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न मिडियाको सशक्त भुमिका हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको मुलधारमा जोडिन मिडियाले अभियान चलाउनुपर्ने बेला आएको बताउँनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले राजनीतिमा देखिएको विकृति पत्रकारितामा भित्रिनु चिन्ताको विषय भएको बताउनुभयो ।


सो अवसरमा प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेल, महासंघ प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, महासंघका सल्लाहकार सुदीप गौतम, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायत, नेपाली कांग्रेस दाङका सचिज अर्जुनकुमार योगी, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष बिमला भण्डारी, क्रियाशील पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष लीला शाह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ दा ङ का अध्यक्ष दुर्गालाल के.सी.को अध्यक्षतामा उद्धघाटन  शत्र समापन भएको थियो । उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सचिव आर.के. शितलले गर्नुभएको थियो । यसैबिच अज विभीन्न मिडियामा कार्यरत १७ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।

मिडिया महोत्सव भोली सम्म चल्नेछ । आज पहिलो दिन प्रवक्ता तथा संचार एवम् सुचना प्रविधि मन्त्री रेखा शर्मा, घोराहि उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र नेपाल पत्रकार महासंघ वरिष्ठ केन्द्रिय उपाध्यक्ष रमेश विष्ट संग संघियता, विकास र मिडियाका सवालमा वहस भएको थियो । वहस कार्यक्रमको शहजीकरण पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्