भवन छैन, रुखको छहारीमा कार्यक्रम

बाल बिबाह तथा लैंगीक हिंसा सम्बन्धि सामुदायीक सचेतना कार्यक्रम चितानपुरमा सम्पन्न


No description available.

चैत्त महीनाको गर्मी खेतको आलीमा कार्यक्रम । शितल हावा र रुखको छहारीले गर्मीको कुनै महशुस नै भएन । महिलाहरुको उत्साहपुर्ण सहभागिता र प्रश्तुतीले कार्यक्रममा खल्लोपन भएन । गुन्द्रि र बोरा ओछ्याएर आफु सहभागिहरु बसे । कार्यक्रममा बोलाईएका पाहुना भने प्लाष्टिकको कुर्सीको ब्यवस्थापन गरे । “गाउँघरको कार्यक्रम यस्तै हो अप्ठेरो नमान्नुहोला । भवन छैन, यसैगरी कार्यक्रम गर्दै आएका छौँ , गाउँपालिकासंग माग ग¥याछौँ भवन बनाउँन खोई दिन्छु भन्याछ । ” एक महिला अप्ठेरो मान्दै भनीन् । “हैन ठिक छ, केहि छैन ।” पाहुनाहरु त्यो कुरालाई सहजै लिदै हावाको सितलता लीदै बसे ।

No description available.

कार्यक्रम शुरु भयो गजल र कवीता बाट । महिलाहरु आफना रचनाहरु सुनाउँन थाले । लैंगीक हिंसा, महिला मुक्ती, बालबिबाह विरुद्ध लेखीएका रचनामा बास्तवीक्ता झल्कीन्थ्योँ । यस्तै बुहारी पनी छोरी सरह हुन् भन्ने शन्देसमुलक नाटक प्रश्तुत गरे ।

No description available.

No description available.

No description available.
महिला र किशोरीहरु खेतको आलीमा पुग्नुपुर्व नारा लगाए । “छोराछोरी बराबरी, सासु पनी आमा हुन्, बुहारी पनी छोरी हुन् । लैंगीक हिंसा अन्त्य गरौँ, बिहेबारी वीसपारी ” यी यस्तै नारा लगाउदै गाउँ परीक्रमा गरे । दंगीशरण गाउँपालिका वडा न. ३ चितानपुरमा आज भएको कार्यक्रमको झलक हो यो । समाजमा वातावरणिय शिक्षाको विकास सिड सस्ंथा र आइ.एम. नेपालको साझेदारीमा शान्ती महिला कृषक समुहको आयोजनामा बाल बिबाह तथा लैंगीक हिंसा सम्बन्धि सामुदायीक सचेतना कार्यक्रम आज चितानपुरमा सम्पन्न भयो ।

No description available.
कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगीक हिंसा अन्त्यका लागि घरबाट नै यसको सुरुवात गर्नुपर्ने बताएका थिए । समाज परिवर्तन गर्न आफुबाटै सुरुवात गर्नुपर्ने उनीहरुको धाराणा थियो । यस्तै बाल बिबाह न्यनीकरणका लागि अभिभावक सचेत भई छोराछोरीहरुलाई सचेत गराउँनुपर्ने बताएका थिए ।
कार्यक्रममा सिडका सिता चौधरीले समाजलाई सचेतीकरण गर्न, शिक्षीत समाज निर्माणका लागि सिडले यी यस्ता कार्यक्रम संचालन गर्दै आएको भन्दै आगामी दिनमा बालबिबाहलाई शुन्यमा झार्नका लागि सबै सरोकारवालाहरु यो अभियानमा लाग्नुपर्ने बताउँनुभयो । सिडले लैंगीक, बालबीबाह, महिला आवाज, उत्पीडनमा परेकाहरको आवाज बाहिर ल्याउँने कार्यमा अग्रसर हुदै आएकाले यस कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।

No description available.
सो अवसरमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख भिम बहादुर रावतले दंगीशरण गाउँपालिकामा आफु भरखरै आएको भन्दै यहाँको शान्ती सुरक्षाका लागि सधैँ आफु तत्पर रहने बताउँनुभयो । प्रहरी प्रशासन बाट हुने सहयोगमा आफु सधै तयार रहेको भन्दै जनताको साथ सहयोगको अपेक्षा रहेको बताउँनुभयो ।

No description available.
कार्यक्रममा प्रमुख अतीथी दंगीशरण गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बालबिबाह तथा लैंगीक हिंसा कानुनमा भएता पनी कार्यान्वयन हुन नसक्नु दुखद कुरा भएको बताउँनुभयो । पितृ सत्तात्मक सोचका कारणले गर्दै अझै पनी समाजमा यस कुराले जड गाडेको बताउँदै यसको न्यूनीकरणका लागि सबै सरोकारवाला निकायहरु मिली अभियानका रुपमा लग्नुपर्ने बताउँनुभयो । हामी सचेत भएर पनी यस कुरालाई गमभीरतापुर्वक नलीनाले समाजमा नसोचेका घटनाहरु घट्ने गरेको बताउँनुभयो ।

No description available.
समुहका अध्यक्ष गंगा पुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समुहका सदस्य पवीत्रा गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शान्ती महिला छलफल समूहका सचिव लक्ष्मी कुमारी घर्तीले गर्नुभएको थियो ।

No description available.
शान्ती महिला कृषक समुह गठन भएको दुई वर्ष भएको छ । समुहले सामुहिक रुपमा च्याउ खेती, निम्न स्तरका घरपरिवारलाई आर्थीक सहयोग, आपतकालीन समस्या समाधानमा सहयोग, मेलमिलाप जस्ता सामाजीक काम गर्दै आएको जनाएको छ । यस्तै सिड सस्ंथाको सहयोगमा समुहमा घुम्ती कोष स्थापना गरि ५९ हजार रुपैया जम्मा गरेको जनाएको छ । यस्तै आपतकालीन कोषमा १६ हजार बढि रुपैया जम्मा भएको समुहका उपाध्यक्ष लालमती कवँरले जानकारी दिनुभयो । १८ जना सदस्य बाट शुरु भएको समुहमा अहिले ७२ जना सदस्य संख्या रहेका छन् । शान्ती महिला छलफल समूहमा भने ६८ जना सदस्य रहेर काम गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्