उधमीहरुलाई पारदर्शी बनाउँन वित्तीय साक्षरता तालीम तुलसीपुरमा शुरु



 

वित्तिय साक्षरता सम्बन्धि तीन दिने तालीम आज देखि तुलसीपुरमा शुरु भएको छ । रुपैयाँ पैसाको सही सदुपयोग र सही तरिकाले व्यवस्थापन गर्न सक्ने निर्णय लिने, आम्दानी, खर्च, बचत तथा ऋणका बारेमा आधारभूत सीप ज्ञान प्राप्त गर्न सक्ने, वित्तीय शिक्षाको ज्ञानबाट भविष्यमा वित्तीय व्यवस्थामा सघाउ पु¥याउने र वित्तीय सुरक्षाका बारेमा जानकारी दिने उद्धेश्यले तालीमको आयोजना गरिएको हो ।

ग्रीन फाउण्डेसन नेपाल दाङका सचिव शुरेस रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतीथ्यतामा भएको तालीममा वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी भण्डारीले ग्रीन फाउण्डेसनले उधमी उत्पादन गरि लेखा सम्बन्धि तालीम संचालन गर्नु उपलब्धिमुलक काम भएको बताउँनुभयो । देशमा वेरोजगार भयो भन्दै विदेश पलाएन भईरहेका बेला ग्रीनले रोजगार सिर्जना गर्ने अभियान संचालन गर्नु सस्ंथाको महत्वपुर्ण उपलब्धिमुलक कार्य भएको तर्क गर्नुभयो । एउटा उधमीका लागि वित्तीय साक्षरता सम्बन्धि ज्ञान हुन आवश्यक रहेको भन्दै तालीम पश्चात ब्यवहार कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा फेकोफन दाङका अध्यक्ष चन्द्र बहादुर वली, स्थानीय फेकोफन तुलसीपुरका अध्यक्ष खेमलाल महतरा, नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्तीशिखा चौधरी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

ग्रीन फाउण्डेसन नेपाल दाङको आयोजनामा शुरु भएको तालीमको प्रशिक्षकमा वित्तीय साक्षरता सहजकर्ता दोलख खत्री र जया पाण्डे रहनुभएको छ । तालीममा तुलसीपुर, दंगीशरण, शान्तीनगरका  ढकिया समुह, सहकारी, वन समुहका लेखा समीतीहरुको सहभागिता रहेको छ ।

उद्घाटन तालीमको सहजीकरण ग्रीन फाउण्डेसन नेपाल दाङका सदस्य दिपक  परीयारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्