थारु महिलाहरुका लागि ढकिया बुन्ने तालिम



दाङको दंगिशरण २ मा ढकिया बुन्ने तालिम सम्पन्न भएको छ ।
थारु जातिहरुकाे सिपलाइ पुस्तान्तरण गर्ने उदेश्यका साथ आयाेजना गरिएको तालिमकाे आज एक कार्यक्रमका बिच समापन गरिएको हाे । ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा दंगीशरण गा.पा वडा नं.२ काे वडा कार्यालय , फेकोफन , सिप्रेड र द टेनर फ्यासिलिटी काे समन्वयमामा १५ दिने तालिमकाे आयाेजना गरिएको हो ।
गनारी महिला ढकिया उधमी समुहकि अध्यक्ष सारदा चाैधरीकाे अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डम्बर खत्रीकाे प्रमुख आतिथ्यता भएको तालिम समापन कार्यक्रममा सदस्यहरु माेहन वि.क, लाल बहादुर थारु , लुमा चाैधरी , अन्जना वि.क, तिलकन्या सामुदायिक वन उपभोक्ता समितिकि उपाध्यक्ष रेनुका वि. क , प्रशिक्षक उर्मिला चाैधरी लगाएतले आ आफनाे भनाइ राखेका थिय ।

कार्यक्रममा बाेल्ने बक्ताहरुले तालिमका सहभागिहरुलाइ तालिम मार्फत सिकेका सिपलाइ ब्यबसायिक रुपमा काम गरेर आत्मनिर्भर हुन आग्रह गर्देै सिकेकाे सिपलाइ पुस्तान्तरण गरि यसलाई सदुपयोग गर्नआवश्यक रहेकाे बताएका थिय ।

तालिममा सहभागि १५ जना महिलाहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियाे । ग्रिन फाउन्डेसन नेपाल दाङ शाखाका कार्यक्रम संयाेजक दिपक परियारको स्वागत मन्तव्य बाट सुरु भेएको कार्यक्रम को सहजीकरण सि.एम विश्वकर्माले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्