सबैको मनमा बस्न सफल लोक दोहोरी गीति एल्बम ‘खर काटेर’



blog

नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ । लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।

आयातित संस्कृतिको प्रभावले नेपाली गीत सङ्गीत विकृत बन्दै गइरहेको समयमा मौलिक नेपाली संस्कृति र जीवन शैली झल्काउने गीति एल्बम ‘खर काटेर’ को प्रमोसनका लागि टिकटकमा पोष्ट गरिएको सुटिङ रिपोर्टले दर्शकको मन जितेको मात्र छैन–टिकटक पोष्ट ह्वात्तै बढेको छ । मनोरञ्जनको भरपर्दो साधनका रूपमा रहेको टिकटकमा दुई दिनमै २ सय ५० बढी व्यक्तिले गीतको शीर्ष भाग ९स्थायीरथेगो० लाई पोष्ट गरेका छन् ।

सञ्चारकर्मी टीका बस्नेतको शब्द रचना, करुणा ओलीको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन नगेन्द्र वियोगीले गर्नुभएको छ । प्रकाश शाहीको प्रस्तुति रहेको गीत सुर्खेतको रमणीय वातावरणमा छायाङ्कन गरिएको गीतमा प्रकाश शाही, नवीन ओली, सीता भण्डारी र लक्ष्मी सुनारको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो नयाँ वर्षको दिन भोलि रिलिज हुदैँछ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्