नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ। यसअघि आइतबार बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे।
केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स-साना भूकम्प भइरहेका हुन्।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार