तुलसीपुर उपमहानपालीकाले मनायो ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

महिला अघिकार सुनिश्चित गर्नुपर्नेमा जोड, विभीन्न श्रमिक महिलाहरुलाई सम्मान


May be an image of 6 people and people standing

तुलसीपुर उपमहानगरपालिकाले ७ जना श्रमिक महिलाहरुलाई पुरस्कृत गरेको छ । मार्च ८ अन्र्तराष्टिय श्रमीक महिला दिवसको अवसर पारेर उपमहानगरपालिकाले घर निर्माण –मिस्त्री० काम गर्ने २ जना र ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ५ जना महिलालाई नगद सहित प्रमाण पत्र बितरण गरेको हो । उपमहानगरपालिकाको आयोजना र १९ बढि बिभिन्न संघसंस्थाको समन्वयमा आज बुधबार घर बनाउने मिस्त्री तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की शिला चौधरी र वडा नम्वर ७ कै लिला चौधरीलाई नगद सहित प्रमाण पत्र बितरण गरिएको हो ।

त्यस्तै,ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ की शारदा अधिकारी, वडा नम्वर ६ की राधा बिक, वडा नम्वर ९ का सम्झना केसी, वडा नम्वर १३ की तुलसी हमाल खडका र वडा नम्वर १६ की बिना परियारलाई नगद सहित प्रमाण पत्र बितरण गरेको हो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी नगरप्रमुख टिकाराम खडकाले महिला सशक्तिकरणका लागि नगरपालिकाले बिभिन्न प्रकारका योजना बनाएको र बनाई रहेको बताउनुभयो । महिलाको हक अधिकारका नीम्ती जहिले पनि नगरपालीका तत्पर भएर लाग्ने भन्दै नीती निर्माणको तहमा महिला सहभागितालाई प्राथमिक्ता दिने बताउँनु भयो । श्रमीक महिलाहरुले पाउँनुपर्ने ज्यालाका विषयमा आगामि दिनमा अझ धेरै काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

May be an image of 11 people, people sitting and indoor

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुशान्त मिश्र, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्ब अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य निर्मला भूषाल,अधिकारकर्मी सुष्मा गिरी र पदमा चौधरी, मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, पत्रकार नारायणी रजौरे, जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी, अपाङ समाज सुधार केन्द्रका हुमाकान्त कँडेल, बृद्ध सेवा समितिका ललित बहादुर वली,सम्मानीत हुने लिला चौधरी, छात्रा सरीता बुढा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

May be an image of 6 people, people standing and flower

May be an image of 8 people, people standing, people sitting and indoor

तुलसीपुर उपमहानगरपालीका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बिषय प्रबेश महिला बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको शहजीकरण सहजिकरण पत्रकार उमा भण्डारीले गर्नुभएको थियो ।

May be an image of 10 people and people standing

यसैबीच, तुलसीपुर उपमहानरपालिका वडा नम्बर ७ मा रहेकका सहकारी संस्थाहरुले आज ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

तुलसीतुर ७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लगायत ८ वटा सरकारी संस्थाको संयुक्त आयोजना तथा वडा नम्बर ७ को सहकोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीले तिनै तहको सरकारले महिला अघिकार सुनिश्चित गर्नकोको लागि पर्नुपर्ने बताउनुभयो । नेपालको संविधानमा भएका अधिकारलाई सबै महिला सामु पुर्‍यान तिनै तहका सरकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडा सरकारले बजेट विनियोजन गर्दा महिलाहरुलाई प्राथमिकतामा राख्ने समेत बताउनुभयो ।

सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पद्मा कडेलको अध्यक्षता एवम् तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल रेडक्रस सोसाईटी दाङका उपाध्यक्ष देवीका नेपाली, तुलसीपुर नगर विकास समिति सदस्य सपना भण्डारी,वडा नम्बर ७ का वडा सदस्य डिला विश्वकर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जिसी, शुभारंभ साना किसानको अध्यक्ष्य कविता शर्मा, परिवार नियोजन शाखा घोराहीका सदस्य भावना गौतम , जनसेवा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष नारायण भुसाल, एनएमबी लघु वित्त सहकारी संस्थाको विभागीय प्रमुख प्रेम सुवेदी नेकपा एमाले दाङका नेता खेमराज विक, नेपाली काँग्रेस ७ नम्बर वडा एकाइ सभापती ओम ओली, राष्टिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे , नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्ति शिखा चौधरीलगाएतकाले नेपालको संविधानमा भएको महिलालाको अधिकार कागजमा मात्रै सिमित नभई व्यबहारमा पनि लागुहुनुपर्नेमा जोड दिएका थिए ।

No description available.

May be an image of 7 people and people sitting

महिलाहरुले आफ्नो हकअधिकारको लागि स्वयम आफुनै लड्नुपर्ने र महिलाहरुलाई सचेत गराउनको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । एउटा महिलालाई परेको परेको समस्या हरेक महिलाको साझा समस्या बनाई दिवस मनाउन जोड दिएका हुन् । महिलाहरुले पनि समान कामको समान ज्याला, पाउनुपर्नेमा राज्यले पहलकदमी गर्न कन्जुसाई गरेको गुनासो गरेका छन् । महिलाको पहुँचमा पर्याप्त सम्पति नहुँदा समाजले दोस्रो दर्जाको रूपमा लिएको गुनासो गरेका हुन् ।

सो अबसरमा पत्रकारिताको माध्यम बाट समाजमा योगदान पुर्याएको भन्दै रेडियो हाम्रो पहुंचमा कार्यरत रेखा शर्मा, राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे र चलचित्र पत्रकार संघ नेपाल दाङको सचिव निराला अर्याललाई नगद सहित सम्मान गरिएको हो । त्यस्तै दैनिक ज्याला मजदुरी गरी घरब्यवहार चलाउने महिला श्रमीक ंमन्दिरा चौधरी, टिका परियार, पार्वति बिक, भावना ओली, राजकुमारी बुढा, बिन्दु परियार, सरीता नेपाली, पन्चकली केसीलाई नगद सहित सम्मान गरिएको हो ।

No description available.

May be an image of 5 people and people standing

कार्यक्रमा विभिन्न प्रतियोगिता भएको हो । कार्यक्रममा लैङ्गिक समानताका बलियो आधार, सिजनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार भन्ने विषयमा वक्तित्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य मालिका भण्डारी प्रथम, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सदस्य लक्ष्मी न्यौपाने द्धितीय र सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला पोखरेल तृतिय हुनुभएको हो ।

त्यस्तै कविता प्रतियोगिता पविता बिक प्रथम,बसन्ता पोखरेल द्धितिय र नोखी रावत तृतिय हुनुभएको छ । कुर्सी दौद प्रतियोगितामा शुभारम्भ साना किसान कृर्षि सहकारी संस्थाका इन्दिरा शर्मा प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका मनकुमारी बिक द्धितिय, यमुना आचार्य तृतिय र प्रतिज्ञा भण्डारी तेस्रो हुनुभएको छ ।

त्यस्तै तुलसीपुरका ७ का ८ वटा सहकारी संस्थाको र्‍यालिमा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था द्धितिय र सुविधा महिला बचत तथा ऋण सहकारी संस्था तृतिय भएको छ ।

हाम्रो पहुँच बुहुउद्देश्यीय सहकारी संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले विषयवस्तुको बारेमा प्रकाश पार्नुभएको हो । सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य भिमा डाँगिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जनसेवा बचत तथा ऋण सहकारी संस्थाक सचिव बिमला शर्माले गर्नु भएको हो ॥

May be an image of one or more people, people sitting, people standing and outdoors

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्