सुचनाकाे हक सम्बन्धि दुई दिने प्रशिक्षण शिविर दाङकाे लमहीमा सम्पन्न भएको छ । सन्चारिका समूह नेपालको आयोजना तथा द एशिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा प्रशिक्षण शिविरमा सम्पन्न भएको हाे ।
शिविरमा सुचनाकाे हक, सुचनाकाे सास्कृतिक र ऐतिहासिक पक्ष, यसकाे उदेश्य , सवैधानिक र कानुनी प्रवन्ध, ब्यवस्था, सार्वजनिक निकाएकाे दायित्व , समाचार संकलनमा सुचनाकाे हककाे प्रयाेग, ए आई र यसकाे प्रयाेग कसरी गर्ने लगाएतका बिषयमा प्रशिक्षण दिईएकाे थियाे । तालिमकाे प्रशिक्षकमा तारा बहादुर भण्डारी , लेखक अनुसन्धानदाता जेबि विश्वकर्मा , ए आई ईन्जिनियर सुप्रिया खड्का रहनु भएको थियाे ।
साे अवसरमा वन तथा वातावरण मन्त्रालयका प्रमुख राज क्षेत्री र पत्रकार तथा प्राध्यापक डा. सुदिप गाैतमले नागरिकले सुचना पत्रकारिता बाट पाउने हुनाले सुचना पारदर्शी ,समाज निर्माणमा टेवा पुर्याउने हुनुपर्ने बताउनुभयाे । पत्रकारिताकाे परिधि भित्र रहेर विधि, प्रक्रिया, चरण अनुशार सुचना माग्नुपर्ने बताउनु भयाे ।
संचारिका समूह नेपालका काेषाध्यक्ष उर्वशी बस्नेतकाे अध्यक्ष तथा सभामुख तुलाराम घर्तीकाे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हाे । उद्घाटन कार्यक्रम काे शहजिकरण संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमाेलले गर्नु भएको थियाे ।
राज्य अझैपनी सूचनामा नागरिकसंग प्रत्यक्ष जोडिन सकेन : सभामुख घर्ती
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राज्य अझैपनी सूचनामा नागरिकसंग प्रत्यक्ष जोडिन नसकेको बताउनुभएकाे छ । राज्यको कुटनैतिक गोपनियतालाई ध्यानमा राख्दै सुचनालाई जनताको अधिकार सुनिश्चिततासंग जोडेर लैजानुपर्ने उहाले बताउनुभयाे । राज्यले खर्च ब्यबस्थापन कसरी गरिएको छ ? ऐनकानुनको निर्माण कसरी भइरहेको छ ? त्यसको सहजै अध्य्यन, अनुगमन र अबलोकन गर्न पाउनुपर्ने उहाँको भनाइ थियाे ।
कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्दै उहाले अहिलेसम्म आम नागरिक सूचनाको हक माग्न नआएको भन्दै जनता र सरकालाइ जोड्ने काम सन्चारक्षेत्रले गर्नुपर्ने बताउनुभयाे । उहाले सरकार र संसदीय मूल्य मान्यता र मयार्दाको ख्याल गरि सुचनालाइ सम्प्रेषण गर्न आग्रह गर्नुभयाे ।साथै सभामुख घर्तिले राज्यको निकायले सूचनाको हकलाई नजिकबाट हेर्नुपर्ने बताउनुभयाे । उहाले हरेक निकायले जनस्तरमा पुग्नेगरि सुचनाको हक प्रत्याभूत गरिनु पर्ने बताउनुभयाे ।