पार्वती बस्नेत
थ्री जिरो ग्लोबल सेन्टरका फोकल पर्सन (बंगलादेश) अंन्किता सोहेल ले आज मेरिल्यान्ड पब्लिक ऐकेडमीका बिद्यार्थी र शिक्षकहरु सङ भर्चुअल मार्फ़त साक्षात्कार गर्नुभएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रबर्द्धन गरेको सुनिता ट्र्स्ट फाउन्डेसनको आयोजनामा घोराही उपमहानगरपालिका १३ मा रहेको मेरिल्यान्ड पव्लिक ऐकेडमीमा थ्री जिरो क्लबको अभिमुखिकरण सङै गठन गर्ने कार्यक्रममा साक्षात्कार गरिएको हो ।शून्य गरिबि, शुन्य बेराेजगारि र शून्य कार्बन उत्सर्जन भन्ने नाराका साथ आफनाे गाउँ आफै बनाउँ भन्ने उदेश्यले प्रशिक्षणात्मक अभिमुखिकरण गरिएको हाे ।
पब्लिक ऐकेडमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठ काे अध्यक्षतामा भएको कार्यक्रममा भर्चुअल मार्फत ग्रामिण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरी लगाएतको उपस्थिति रहेको थियो ।
शिक्षिका ममता बि.क. को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा थ्री जिरो क्लब बारे प्रशिक्षण ग्रामीण महिला उत्थान केन्द्रका थ्री जिरो क्ल्ब फोकल पर्सन शिबा चौधरी ले गर्नुभएको थियो ।