लायन्स क्लव अफ दाङ क्यापिटलले बृक्षाराेपन गरेकाे छ । तुलसीपुर ९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरेकाे हाे । वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यले वृक्षरोपण गरिएको आयाेजकले जनाएको छ ।
मानब र बृक्ष बीचको सम्बन्ध प्रगाढ छ जो एक बिना अधुरो छ, बाँचुञ्जेल अक्सिजन प्राप्त गर्नको लागि पनि रुख विरुको आवश्यक पर्ने भएकोले उक्त परिसरमा बृक्षाराेपन गरिएको क्लबका अध्यक्ष दीपक केसीले बताउनु भयो।
विभिन्न प्रजाति का बिरुवा हरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको उहाँले जानकारी दिनुभयाे । रोपिएको बिरुवा हरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने अध्यक्ष केसीले बताउनुभयाे ।
कार्यक्रममा कार्यालय प्रमुख शुसिल काफ्ले बन डिभिजन कार्यालयका तुलसिराम काफ्ले लगायतकाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताउनु भयो।
क्लव ले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको भन्दै संस्थाका उपाध्यक्ष भीम ओलीले ठाउँ उपल्बध बनाइ दिनुहुने अमृतपुर खाने पानी लाई क्लवले विशेष धन्यबाद दिएको छ ।
कार्यक्रमकाे सहजिकरण सचिव प्रकाश भुषालले गर्नुभएको थियाे ।