माद्यामिक विद्यालय सेन्टर स्कुलकाे ५४ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बोल्दै तुलसीपुर नगर प्रमुख खड्काले मावि सेन्टरले शिक्षा क्षेत्रमा मारेकाे फड्काेले तुलसीपुरकाे गरिमा बढाएकाे बताउनुभयो । उहाँले आव २०७९/०८० को मूल्यांकनमा देशकै उत्कृष्ट विद्यालयको उपाधी पाउन सफल भएको भन्दै याे गरिमालाइ जाेगाइराख्नुुपर्ने बताउनुभयो । पछिल्लो समय सामुदायिक बिधालयलाइ हेर्ने दृष्टिकोण फरक पारेकाले मा वि सेन्टरकाे याे परिचय कायम राख्न शिक्षक तथा अभिभावक दुवैको उत्तिकै लगानी हुनुपर्ने बताउनुभयो । तुलसीपुरकाे शिक्षा नितिलाइ यस बिधालयले उचाइमा पुर्याएकाे भन्दै गर्व लाग्ने वातावरण सिर्जना गरेको बताउनुभयो ।
कार्यक्रममा तत्कालिन तुलसीपुर नगरपालिकाका नगर प्रमुख ढुण्डिराज लामिछानेले बिधालयले सीपमा आधारित शिक्षा, रोजगारी र उद्यमशीलता केन्द्रित व्यावहारिक शिक्षा, औपचारिक शिक्षामा सीमित नभई जीवनभर सिक्ने मानसिकता बदल्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
मानवअधिकारकर्मी सुशील बस्नेतले पर्यावरणीय चेतना, जलवायु परिवर्तन र वातावरण जोगाउने शिक्षाको समावेश हुन जरुरी रहेको बताउनुभयो ।
तुलसीपुर शिक्षा महाशाखा प्रमुख मन बहादुर खड्काले हरेक प्रविधिलाइ सिकाइसंग जाेड्नुपर्ने बताउनुभयो । अवको शिक्षा प्रणालीले विद्यार्थीलाई केवल जानकारीमात्र होइन, विचारशील, रचनात्मक र जिम्मेवार नागरिक बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
तुलसीपुर मेट्राे कलेज प्रमुख बसन्त आचार्यले बिधालयले राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सकेको भन्देै मावि सेन्टर शिक्षा क्षेत्रमा केही गर्ने साेच भएकोलााइ तिर्थस्थल बनेकाे बताउनुभयो । सामुदायिक बिधालयमा बिधार्थि छैनन् भन्ने भ्रमलाई चिर्दै पछिल्लो समय मावि सेन्टरमा भर्ना राेक्नुपर्ने अवस्थाकाे सिर्जना भएको बताउनुभयो । हरेक काेहिलाइ यँहाकाे गतिविधिले उत्प्रेरित गरिरहेकाे बताउनुभयो ।
साे अवसरमा तुलसीपुर–६ का कार्यबहाक अध्यक्ष यमुना परियार, तुलसीपुर–१३ का अध्यक्ष मोहनलाल पौडेल, समाजसेवी विनोद शर्मा, अभिभावक केपि भण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट ५ जना शिक्षकलाई पुरस्कृत गरिएको थियो भने विद्यालयका पूर्वशिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक भागवत पाैडेलले बिधालयकाे गतिविधिका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
समारोहमा विद्यार्थीहरुले बिभिन्न जातजातिहरुकाे कला संस्कृति झल्किने साकेला नृत्य ,काैडा नृत्य, थारु नाच, टेक्वान्दाे डाेजाङ जस्ता प्रस्तुतिहरु राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक मेनका भण्डारी र भोला पौडेलले गर्नुभएको थियाे।
२०२७ सालमा स्थापना भएको बिधालयमा अहिले २५ सय भन्दा बढि बिधार्थिहरु अध्ययन गरिरहेका छन् ।