
दाङका स्थानीय तहहरूले तिहारलाई लक्षित गर्दै प्लास्टिक र रबरजन्य मालामा प्रतिबन्ध लगाएका छन्। फूलखेतीको प्रवर्धन र वातावरण संरक्षणका लागि गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र बबई गाउँपालिका, घाेराहि नगरपालिकाले सूचना जारी गरी प्राकृतिक फूल प्रयोग गर्न आग्रह गरेका छन्।
कृषकहरूले पालिकाको निर्णयलाई सकारात्मक कदम बताएका छन्। सिद्धार्थ एग्री रिसर्च फर्मका सञ्चालक एकनारायण पौडेलका अनुसार यसले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सहयोग पुग्नेछ।
जिल्लामा करिब १५ बिघा क्षेत्रफलमा सयपत्री फूल खेती हुँदै आएको छ भने सयाैँ कृषक व्यावसायिक रूपमा संलग्न छन्। कृषि ज्ञान केन्द्रका अनुसार दाङ अहिले फूल उत्पादनमा आत्मनिर्भर बनेको छ र बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन।
प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार

