आज २०८१ साल कात्तिक ९ गते शुक्रबार । सन् २०२४ अक्टोबर २५ तारिख। कात्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधा अष्टमी व्रत। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल
मेष राशि – बोल्दा खयाल गर्नु होला अपजस लाग्न सक्छ ।खानपानमा ख्याल गर्नु होला । शरीरमा स्फुर्तिको कमि हुनेछ ।कार्यमा ढिला सुस्तिहुनेछ । आलस्य छाउला । महत्वपूर्ण अवसहरु गुम्नसक्नेछन् चनाखो रहनुहोला ।
बृष राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।भाग्यले साथ दिनेछ । आत्मविश्वास वढ्नेछ । शेयर बजारवाट पनि लाभ प्राप्त हुन्छ ।नयाँ कामको शुरुवात् होला ।पारीवरिक प्रेममा सुमधुरता छाउला । कृषि क्षेत्रमा सफलता मिल्ला ।
मिथुन राशि – बन्धु वान्धबको सहयोगले कार्य सम्पादनमा सहज होला ।प्रेम सम्बन्ध बलियो होला ।भाग्य वलियो रहला । विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।मान सम्मान वढ्नेछ ।नयाँ सामाजीक तथा राजनितिक क्षेत्रमा मन जानेछ ।मन प्रसन्न रहला ।
कर्कट राशि -शुभ कर्मको चर्चा हुनेछ ।पराकर्म वढ्नेछ।अध्यात्ममा मन जाला । सामाजीक कार्य प्रति प्रेरित बन्ने समय रहेको छ । ठिक समयमा सहि निर्णय लिन सकिनेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।अध्ययनमा मन लाग्ला ।आर्थिक सुधार हुनेछ ।प्रेम प्रसंग सुमधुर हुनेछ ।
सिंह राशि – बौदिकतामा केहीँ ह्रास आउला ।आज दिन मध्ययम फलदायि रहला । सानातिना कुराको अल्झनमा परिएला । कार्यमा बाधा अड्चन् आउला । स्वास्थ्य विग्रन सक्छ । खर्च बृद्दि होला । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला । यात्रा गर्दा विशेष ख्याल राख्नु होला ।
कन्या राशि – सन्तान सुख मिल्नेछ । व्यवसायिक सफलता मिल्नेछ ।सामाजीक कार्यमा मन जानेछ ।मान सम्मान उच्च हुनेछ । दाम्पत्य जीवनमा खुसियालि छाउनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।नाम ,प्रतिष्ठा एवं किर्ति बढ्नेछ । शेयर मार्केटमा पनि फाईदा होला ।
तुला राशि – बाणिमा मिठास छाउनले प्रसंसित् भैएला । मिष्ठान्न भोजन प्राप्त होला ।साथीभाई ईष्टमित्रको सहयोग पुर्ण रुपमा पाईएला । वित्तिय संस्था वाट सहयोग प्राप्त होला ।तपाईको कर्मको भने चर्चा चल्नेछ । अन्य क्षेत्र राम्रो रहला । स्वास्थयमा भने ख्याल राख्नु होला ।
बश्चिक राशि – आज भाग्यले साथ दिनेछ । तपाईको बोलि नै समाजको लागि काफि हुनेछ ।विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । सामाजीक कार्यमा सफलता मिल्नेछ ।सट्टा पट्टामा बिशेष लाभ मिल्नेछ ।महत्वपूर्ण कार्यको थालनि होला ।
धनु राशि – समय मध्ययम फलदायि रहला । सर सामान चोरी हुने हराउने हुन सक्छ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला ।पूर्ण हुन थालेका कार्यमा वाधा अड्चन् आउला ।पारिवारिक साथ भने प्राप्त होला ।स्वास्थ्यमा धन खर्च होला ध्यान दिनु होला ।
मकर राशि – श्रमको उचित मुल्याङ्कन हुनेछ ।कुटनितिक नियोगको सहयोग मिल्ला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । मानसिक भए भने रहला तर व्वहारिक फाईदा भने हुनेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।
कुम्भ राशि – धनार्जनका नयाँ श्रोतहरु प्राप्त हुनेछन् ।तपाईको धैर्यता र लगनशिलताले तपाईला सफल वनाउनेछ । मन प्रसन्न होला ।कार्यमा उत्तरदायित्वको कदर हुनेछ । मित्र मिलन होला ।भाग्यले साथ दिनेछ तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मिन राशि – आज लामो समय देखि रोकिएका कार्य पून: सुचारु हुनेछन् । अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ । कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।आत्मवल भने उच्च हुनेछ । टाढा बाट आउनुभएका अाफन्त संग भेटघाट हुनेछ ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799