तुलसीपुरमा मंसिर २५ देखि महोत्सब सञ्चालन हुने



No description available.

दाङको तुलसीपुरमा मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सब सञ्चालन हुन लागेको हो ।

यसअघि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सब उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगीत भएको थियो । महोत्सब आयोजक थुथ्स अफ तुलसीपुरले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सब हुने जानकारी गराएको हो ।

महोत्सबमा दुई सय बढी स्टल राखिएको र तुलसीपुरका ब्यबसायीलाई असर नपर्ने गरी स्टल ब्यबस्थापन गरिएको सस्थाका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । महोत्सबलाई सफल बनाउन समेत संयोजक लहरेले आग्रह गर्नुभयो । महोत्सवको तयारी अन्तीम चरणमा पुगेको  जानकारी दिनुभयो ।

महोत्सब सञ्चालन गर्नका लागि आयोजक सस्थाले तुलसीपुर उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् स्वीकृती समेत प्राप्त गरेको अरुण लहरेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सस्थाका सचिब आकाश भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्