
घोराही–उत्तरबाहिनीस्थित संस्कृत कुटीमा अध्ययनरत बटुकलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ।
तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेल र घोराही–१५ निवासी समाजसेवी रविन ज्ञवालीले चामल, दाल लगायतका खाद्यान्न सामग्री गुरुकुलमा हस्तान्तरण गर्नुभयो।
संस्कृत गुरुकुलमा दाङसहित बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची तथा भारतको दिल्लीबाट समेत आएका बालकहरू गुरुकुलीय शिक्षा लिइरहेका छन्। गुरुकुल सञ्चालनको प्रमुख आधार दाताहरूको सहयोग नै भएकाले आफूहरूले सहयोग गरेको समाजसेवी पौडेलले बताउनुभयो।
“सबैको निरन्तर सहयोगले गुरुकुल सञ्चालन सहज हुने भएकाले सामूहिक सहयोग आवश्यक छ,” उहाँको भनाइ छ।
सहयोग वितरण कार्यक्रम कुटी प्रमुख प्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवालीकाे विशेष उपस्थितिमा सहयाेग गरिएको हाे ।

