
प्रेस चौतारी दाङका जिल्ला कमिटि सदस्य सुशील परियारमाथि भएको आक्रमणप्रति प्रेस चौतारी दाङले गम्धीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले एक प्रेस विज्ञप्ती जारी गर्दै परियारमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हाे ।
सनिबार साझँ ७ वजेको समयमा बंगलाचुलीबाट घोराहीतर्फ आउने क्रममा चार जनाको अज्ञात समुहले बाटो छेकेर परियारलाई आक्रमण गरेको थियो ।
विज्ञप्तीमा भनिएको छ-‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो र पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाध रुपमा गर्न पाउने अभिकार सुनिश्चित गर्नु सम्पूर्ण राज्य पक्षको दायित्व हो ।यस किसिमका घटनाले प्रेस स्वतन्त्रता र नागरिक अधिकार माथि खतरा उत्पन्न गर्ने भएकाले दोषीलाई यथाशिघ्र पहिचार गरी कानुनी कारवाही गर्न माग गर्दछौँ ।”
साथै भविष्यमा यस्ता घटनाहरु दोहोरिन नदिने वातावरण सिर्जन गर्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ । यस घटनालाई उपेक्षा नगरी घटनामा संलग्न दोषीलाई पत्ता लगाइ नियमानुसार कारवाही गर्न प्रेस चौतारी दाङले माग समेत गरेको छ ।

