नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले साइबर कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु आपत्तिजनक भएको बताउनु भएकाे छ ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक भएको बताउनुभयाे । मुलुकको लोकतन्त्र, समृद्धि र सम्वद्र्धनमाथि प्रहार हुँदै गर्दा यसलाई रोक्न सक्ने क्षेत्र पत्रकारिता क्षेत्र भएकाले सभ्य र सजक भएर गम्भीर रुपमा मनन गरेर अघि बढ्नुपर्ने बताउनुभयाे।
‘सञ्चार माध्यममा आएका सामग्रीमाथि चित्त नबुझे प्रेस काउन्सिलले हेर्ने हो, प्रहरीले हैन,’ निवर्तमान अध्यक्ष पोखरेलले भन्नुभयाे – ‘साइबर कानुन पत्रकारितासँग सम्बन्धित कानुन हैन । असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक ।’
साइवर ऐन फरक प्रयोजनका लागि बनेको कानुनमा टेकेर पत्रकारलाई तर्साउने, थुन्ने र उन्मुक्त भएर पत्रकारिता गर्न नदिने खेल भएको बताउनुभयाे । उनले साइवर काुननको धारा ४७ खारेज गर्नुपर्ने, सबै मुद्दाहरू सिधै अदालत प्रवेश नगर्ने भन्दै उहाले अर्धन्यायिक र नियामक निकायको भूमिकाको सम्मान हुनुपर्नेमा जोड दिनुभयाे।