इजरायलमा रहेका हेकुलीका प्रबिण डाँगी सम्पर्कमाआए,खुट्टामा गोली लागेका उनको इजराइलमा उपचार हुदैँ



No description available.

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट घाइते भएका दाङको दंगीशरण गाउँपालिका – ३ हेकुलीका २३ बर्षीय प्रबिण डाँगीको इजरायलको एक अस्पतालमा उपचार भईरहेको खबर प्राप्त भएको छ ।

बुवा निमबहादुर डाँगीले छोरा प्रबीन संग आइतबार दिउँसो ३ बजे सम्पर्क भएको र छोटो कुरा गरेको जानकारी दिनुभएको छ ।

छोराले आफ्नो दुई वटा खुट्टामा गोली लागेको जानकारी दिएको बुवाले बताउँनुभयो । एउटा खुट्टाको हड्डीमा र र अर्को खुट्टाको मासुमा गोली लागेको र उपचार भईरहेको छोराले जानकारी दिएको बुवाले निमबहादुरले बताउँनुभयो ।

छोराले नआत्तीन भनेको छ । हामी छोरा कहिले फर्केला भन्नेमा छौँ । बुवा निमबहादुरले भन्नुभयो । उहाले छोराको उपचार र सुरक्षाको लागि पहल गरिदिन नेपाल सरकार संग माग गर्नुभएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा आक्रमण गर्दा आफ्नो कान्छो छोरा प्रबिण हिजो शनिबार ११ बजेपछि सम्पर्क बिहीन बनेको यअसघि बुवा निमबहादुरले जानकारी दिनुभयो  ।शनिबार  ११  बजेपछि सम्पर्क बिहीन भएपछि परिवार विक्षीप्त बनेको थियो । बिएससी एजी पुरा गरेपछि प्रबिण भदौ २६ गते सुदुरपश्चिम विश्वविद्यालयको कृषि संकायको ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत इजरायलको गाजामा पुगेका थिए ।

शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको उल्लेख गरेको थियो । परराष्ट्र मन्त्रालयलेका अनुशार ती मध्य नौं जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ ।

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा ४९ नेपाली विद्यार्थी मध्य ११ जना छात्रा रहेको उल्लेख गरेको हो । प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का उनीहरु भदौ महिनामा त्यहाँ पुगेका थिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयले इजरायली भूमिमा आतंकवादी आक्रमणको निन्दा पनि गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्