त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटना आज बिहान ११ बजे पाेखराका लागि उडेकाे जहाज दुर्घटना भएको हाे ।
विमानमा १९ जना सवार थिय । मर्मतको लागि पोखरा जान लागेकाे
बिमानमा सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरु रहेकाे नेपाल प्रहरीले जनाएको छ ।
दुर्घटनामा १३ जनाकाे मृत्यु भएको छ । यस्तै ५ जनालाई उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये ३ जना टिचिङ्ग हस्पिटल, १ जना मदर ल्याण्ड र १ जना लाइ केयमसि हस्पिटलमा लगिएको छ । १ जना खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै हाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको छ । ।
शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लेैजादै गरेकाे जनाइएको छ ।
स्राेत: #नेपाल प्रहरी
प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार