गरीवीमुक्त नगरपालिका बनाउँने अभियानमा छौँ ः मेयर खड्का



No description available.

एका बिहानै चैत्र ५ गते आईतवार वागमती टेलीभिजनको लोकप्रीय कार्यक्रम समृद्धिको बाटो तुलसीपुर उपमहानगरपालिकाका हलमा प्रशारण भईरहेको थियो । कार्यक्रमको १ सय ३४ औँ भाग रहेछ । हरेक हप्ताको मंगलवार र विहिवार साँझको ८ वजे प्रशारण हुने कार्यक्रम आज भने आईतवार विहान प्रशारण भईरहेको थियो । टिभी र यूटुवमा हेर्दै आएको कार्यक्रममा आज प्रत्यक्ष हेर्न र सहभागिता जनाउँन अवसर प्राप्त भएको थियो सबै सहभागिहरुलाई । कार्यक्रम शुरु हुनु भन्दा पहिले लुम्बीनी प्रदेश ब्युरो सन्तोष कुमार गुप्ताले कार्यक्रमको विषयमा जानकारी गराएका थिए । कार्यक्रम संचालक कार्यक्रम निर्देशक भौतीक मल्लले उपमहानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत संग तुलसीपुरको समृद्ध बनाउँने अभियान, उद्धेश्य, लक्ष्य र चुनौतीका विषयमा भलाकुसारी गरिरहेको थिए । कार्यक्रममा विभीन्न तहको प्रतीनिधित्व हुने गरी सहभागिहरुहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मेयर टिकाराम खड्कालाई पहिलो प्रश्न थियो । टिकाराम खड्का बाट जनताले के अपेक्षा गर्ने ? टिकाराम खड्कालाई कसरी चिन्ने ? कस्तो ब्यक्ति हो ? मेयर खड्काले सजिलै उत्तर दिए । म कुनै अलौकिक मान्छे होईन । म सामान्य मान्छे हो । बिचारले फरक हुँला तर हरेक जनताको सुख, दुःखलाई बुझ्न सक्ने भिज्न सक्ने एक सामान्य नागरीक हो । मेरो काम भनेको नगरपालीका भित्रका हरेक नागरीकलाई सुखी खुसी बनाउँने हो । नगरपालिका भित्र १५ हजार बढि सुकुम्बासी नागरीकहरु छन् । उनीहरुलाई लालपुर्जा दिने मेरो प्रमुख काम हो । यसैगरी सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा, कुपोषणयुक्त बालबालीकाहरुलाई निःशुल्क उपचार सेवा लगाएत स्वास्थयको क्षेत्रमा कोभिडका समयमा मेट्रो हस्पिटल संचालनमा ल्याएर प्रभावकारी सेवा सुविधा प्रदान गर्दै आईरहेका छौँ । यस्तै खानेपानीको क्षेत्रमा एक घर एक धारा कार्यक्रमलाई तुलसीपुरका विकट वस्तीहरुमा पुग्ने प्रभावकारी ढंगले अगाडि बढिसकेको छ । गरीवी न्युनीकरण रोक्न रोजगारी कार्यक्रम संचालन गरि आत्म निर्भर बनाउँने कार्यक्रम संचालन  गर्नेछौँ  ।

यस्तै उप –मेयर स्यानी चौधरीलाई महिलो प्रश्न थियो । तपाई निती बनाउँने ठाउँमा आईपुग्नु भएको छ , थारु समुदायबाट प्रतिनिधित्व गर्दै आउँदा कस्तो अनुभव गर्नुभएको छ ? उहाँले पनि सजिलै उत्तर दिनु भयो । म खासगरि न्यायीक समिती भित्र रहेर पारदर्शी तरीकाले न्याय समपादनको कार्यलाई प्रभापकारी ढंगले निर्वाह गरिरहेकि छ ु ।थारु समुदाय मात्र नभएर हरेक जाती वर्गहरुको उत्थानका लागि म काम गर्दै आएकि छु र काम गर्नेछु भन्ने आशा छ । मलाई थारु समुदाय बाट आएको भनेर कुनै भ्रममा छै न । हिजोको दिनमा पनी सामाजीक कार्य गर्दै आएकाले पनि कुनै नौलो लागेको छैन ।

यसैगरि प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेललाई पहिलो प्रश्न थियो । सेवा प्रवाह कसरी भईरहेको छ ? जनप्रतिनिधि र कर्मचारीहरुको फरक धारणाका कारण सेवाग्राहि मारमा परेको अवस्था छ कि छैन ? अधिकृत पौडेलको जवाफ थियो । हामी अनलाईन माध्यम बाट पनि सेवा दिईरहेका छौँ । नगरपालिकामा जनशक्ति प्रयाप्त भएका कारण पनि सेवा प्रवाह चुस्त दुरुस्त छ । मनमुटावका कारण सेवाग्राहि मारमा पर्ने अवस्था छैन ।

दोस्रो प्रश्न थियो मेयर खड्कालाई तुलसीपुरको समृद्धिलाई कसरी लिनुहुन्छ ?
पहिलो कुरा त छोरीहरुलाई निःशुल्क शिक्षा प्रदान गरीने, स्वास्थ्यमा पहुँच बढाउँन मेट्रो हस्पीटल संचालन, शिक्षा प्रणालीलाई परिवर्तन गरेर स्थानीय पाठ्यक्रम संचालन गरेको, एयरपोर्ट विस्तार गर्ने काम भईरहेको छ । साथै पर्यटकिय क्षेत्रको संरक्षण स्थानीय उत्पादनलाई पर्वद्धन गर्ने कार्य भईरहेको छ । हामी तुलसीपुरलाई समृद्ध नगरीको रुपमा परिचित गराउँन चाहन्छौँ । गुफा, गणेशपुर पार्क, दंगीशरण सुकौराकोट दरवार निर्माण, तुई दाङको संरक्षण, लगाएत पर्यटकिय सम्पदाको सरंक्षण र प्रर्बद्धनमा लागेका छौँ ।

कार्यक्रममा पन्ध्र मिनेको समय सहभागिहरुको सुझाव लिने कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका रुप बहादुर खत्री, तुलसीपुर खानेपानी उपभोक्ता समितीका सचिव सेवकराम भण्डारी, जेष्ठ नागरीक खुमानन्द अधिकारी, नेकपा एमाले तुलसीपुर नगर सचिव युवा करारा, टोप बहादुर महतरा, हुमकान्त कँडेल लगाएतले आ आफनो क्षेत्रको उत्थानका लागि नगरपालीकाको योजना र मोडेल केछ ? भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

नगरपालीकाका प्रवक्ता वडा न. १८ का वडा अध्यक्ष माधव वलीलाई प्रश्न थियो सुचना प्रवाह कसरी गरिरहनुभएको छ ?
हामी नागरीकहरुलाई नगरपालीकाको ओइवसाईड मार्फत , सुचना वोर्डमा सुचना टासेरसुचना पु¥याउँने काम गरिरहेका छौँ । यस्तै विभीन्न मिडिया मार्फत पनी सुचनालाई जनता समक्ष पु¥याउँने काम गरिरहेका छौँ ।

अन्तीममा सहभागिहरुको जिज्ञासाको जवाफ दिदै मेयर खड्काले भने – अहिले सम्म २ करोड भन्दा बढिको काम गरिसकेका छौँ । समृद्ध तुलसीपुर बनाउँन विकासको गतिलाइृ तिव्रता दिदै आईरहेका छौँ । अवको ४ वर्षमा शुन्दर तुलसपिुर खुसी जनता बनाउँनका लागि तपाईहरुको हरदम साथ सहयोग सल्लाहको अपेक्षा राखेका छौँ । तुलसीपुरमा रहेको मासु मार्केट व्यवस्थापन गर्ने, वर्षपार्कमा रहेको ब्यवसायीहरुको टहरा हटाउँन घर निर्माण भएको तर अटेरी गरि सडकमै ब्यवसाय संचालन गरिरहेको, कृषकहरुका लागि मल विउँ विजन, कृषि सिचाईका लागि अवैध ढंगले बसेकालाई ब्यवस्थापन गर्ने काम अगाडि बढाउँनेछु । यस्तै दलीत समुदायका लागि उनीहरुको योग्यता क्षमता अनुशारको रोजगारको ब्यवस्था, कृषि अनुदान, अपांगताहरुका लागि उनीहरुको अवस्था अनुशारको उपचार, ह्वील चियर उपलब्ध, कृषि अनुदानका लागि संघ र प्रदेशले योजना बनाएको छ । यसमा स्थानीय पालीकाले छुट्टै योजना बनाई पारदर्शि तरीकाले अनुदान वितरण गर्ने, भू –उपयोग डिजीटल मार्फत जग्गा नापजाँच, फोहोर ब्यवस्थापनि गर्नका लागी कम्पोष्ट मल उत्पादन भईरहेको छ । समग्र राम्रो तुलसीपुर बनाउँनका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिमा विषेश जोड दिनेछु । कुनै पनी क्षेत्रलाई अधुरो नछाडि समृद्ध तुलसीपुर बनाउँने अभियानमा लाग्नेछौँ । गरीवीमुक्त नगरपालीका बनाउँने अभियानमा लाग्ने प्रतीबद्धता जनाउँन चाहन्छु ।

करीव ५५ मिनेटको को कार्यक्रम समृद्धिको बाटो को निर्धारीत समय सकिएको प्राविधिक राजेश कुमाल र गणेश अधिकारीले संकेत गरेपछि कार्यक्रम समापन गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्