राप्ती साहित्य परिषद् दाङमा राजकुमार कान्छाद्वारा एकल रचना वाचन



राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको ८२औं एकल रचना वाचन कार्यक्रम पत्रकार तथा साहित्यकार राजकुमार कान्छाले सम्पन्न गर्नुभएको छ।

कार्यक्रम अध्यक्ष यम रेग्मीको अध्यक्षता र वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको हो।

डा. गिरीले भाषाको विकासका लागि साहित्यको महत्वपूर्ण भूमिका हुने बताउँदै “आफ्नो भाषामा लेख्ने संस्कृति बढोस्” भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कान्छाले नेपाली, थारु र हिन्दी गरी तीन भाषामा १४ वटा (५ नेपाली, ५ थारु, ४ हिन्दी) रचना वाचन गर्नुभएको थियो।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

सुरेशकुमार पाण्डेयकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम काे  र सहजिकरण घनश्याम केसीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्