नेपाल संस्कृत विश्वविद्यालयमा त्रिदिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी सुरु



 

नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीको आयोजनामा “पौरस्त्यशोधपद्धतेर्निरूपणम्” विषयक त्रिदिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी कार्यक्रम शनिबार  देखि औपचारिक रूपमा सुरु भएको छ।

त्रिदिवसीय कार्यक्रममा पौरस्त्य (पूर्वीय) परम्परामा आधारित अनुसन्धान पद्धति र शास्त्रीय ज्ञानमाथि विद्वज्जनहरूको गहिरो विमर्श भइरहेको छ।

कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न विश्वविद्यालय, वेदविद्या प्रतिष्ठान, संस्कृत महाविद्यालय तथा अनुसन्धान केन्द्रहरूबाट आमन्त्रित प्राध्यापक, विद्वान् र शोधार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

सङ्गोष्ठीमा प्राचीन शास्त्रहरूमा आधारित अनुसन्धान पद्धतिको वैज्ञानिकता, सन्दर्भप्रद उपयोग, तात्त्विक गहिराइ र समकालीन सन्दर्भमा यसको उपयोगबारे विमर्श गरिएको छ। विद्वान्हरूले वेद, उपनिषद्, दर्शन, साहित्य, व्याकरण, आयुर्वेद, ज्योतिष लगायतका विविध प्राच्य विषयहरूमा आधारित अनुसन्धान विधिहरू प्रस्तुत गरेका छन्।

सङ्गोष्ठीका प्रमुख वक्ताहरूले प्राचीन ऋषि परम्पराले विकास गरेको शोधविधिलाई आधुनिक शैक्षिक प्रणालीसँग तुलनात्मक दृष्टिले प्रस्तुत गर्दै यसको मौलिकता र उपयोगिता माथि प्रकाश पारे।

समापन समारोह आषाढ १६ गते हुनेछ, जहाँ विभिन्न सत्रहरूमा प्रस्तुत अनुसन्धान पत्रहरूको समीक्षा र सम्मान समेत गरिने आयोजकले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्