
बहु प्रतिभाका धनी उपन्यासकार तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव आदरणीय मित्र सबिन पृयाशनजि द्वारा लिखित उपन्यास ” कडी” पढी सिध्याइ सोबारे एक पाठकिय टिप्पणी राख्ने कोशिस गर्दैछु।
उपन्यासकार सबिनजिका यस अगाडि १० वटा उपन्यास भूमरि पुनरागमन ,पल्लवी ,सहनशिला, सेल्फी, लक्किचार्म, ब्रेकअप, डायरी , लकडाउन लभ ,एयरहोस्टेज बजारमा आइसकेका छन् भने “कडि” ११ औ कृति हो । प्रकाशित उपन्यास मध्य यस पंक्तिकारले पल्लवी र पुनरागमन उपन्यासको समिक्षा समेत लेखी प्रकाशित गरेको छु ।
उपन्यास ” कडीमा बिनय , सानू , सन्देश ,ललिता , आकाश , आरिया , दिपक , जस्ता पात्रहरू खडा गरि उनीहरुको स्वर आवाज र चरीत्र अभिनय द्वारा वैदेशिक रोजगारका समस्या , कारण , त्यसले पुर्याएका सकारात्मक तथा नकारात्मक प्रभाव , पारिवारिक मेल तथा बेमेल भित्रको सम्बन्धका आयामहरुलाइ कोट्याउने कोशिस गरिएको छ ।
बिनय र सानू एक प्रेमिल जोडी छन् । घरपरिवारको पारिवारिक समस्यालाई निपटारा लगाउन सानू वैदेशिक रोजगारको सिलसिलामा क्यानेडा प्रस्थान गरे पश्चात् त्यस बिछोडी याद र बियोगमा बिनयको मनमा उत्पन्न भएका जिज्ञासा ,आशंका र आशावादी भाव बिचारहरु देखि क्यानेडा पुगे पछि ती दुबै प्रेमिल जोडी बिच टेलिफोन र भिडियो कलमा ब्यक्त भएका संबाद र बिचारहरुले स्वदेशमा रोजगार र अवसरहरु सिर्जना हुन नसकेका कारणहरु देश समृद्धि र बिकशित हुन नसकेका अबस्थाको बारेमा उजिल्याउने र चर्चा गर्ने कोशिस गरिएको छ ।
उपन्यासमा अभिव्यक्त पात्र बिनयको पुर्ख्यौली घर दाङ घोराहीमा रहेको कुरा उसको अभिभावक मार्फत थाहा खबर पाए पश्चात् उसले गुगल search गरि दाङको भौगोलिक बनावट , धार्मिक , राजनीतिक आर्थिक , भाषिक , सांस्कृतिक , कृषि उद्योग,होटेल , रेष्टुरेन्ट ,स्कुल , क्याम्पस, ब्यापार , मठ मन्दिर ,ताल तलैया,पर्यटन,सामाजिक संघ संस्था , शान्ति सुरक्षा , हवाई तथा यातायात ,सडक निर्माणको पाटोहरुको बारेमा पनि बारेमा जान्ने प्रयत्न गर्दछ ।
सडक ,हबाइ तथा यातायात क्षेत्रको बिषय उठाइरहदा उपन्यासकारले २०१० सालमा तुल्सिपुर ६ टरिगाउंमा airport बनेको तर बिगत ७० बर्ष सम्म त्यसको स्तर उन्नति ,थप बिस्तार हुन नसकेको र त्यसैगरी बिगत ७ बर्ष देखि घोराही तुलसीपुर सडक खण्ड फोरलेन बनाउनमा ढिला र अलपत्र बनेको यसै सडक खण्डको मुद्दा पेचिलो बनेको कारणले एमालेका महासचिव शंकर पोखरेल र केन्द्रिय सदस्य घनश्याम पाण्डे जस्ता भिजनरी नेताहरू ले समेत चुनावमा पराजित हुन परेको सन्दर्भ विशेषलाई पनि कोट्याइ यसपालि महासचिव शंकर पोखरेल लगाएतको पहल र अग्रसरतामा सडक र airport बिस्तारको लागि संघीय सरकारबाट बजेट समेत छुट्याइएको सुखद खबर समेत दाङबासिलाइ बांडेका छन् ।
काठमाडौबासी बिनयले उमेरबयको यस अबस्थामा लामो समय सम्म आफ्ना बा आमाले किन प्रख्यौली घर दाङ रहेको कुरा बताउन चाहेनन् ? पारिवारिक नाता साइनो खुट्याउन र आफ्नाहरु संग सम्बन्ध जोड्न रुचाएनन ? कारण बुझ्दा बिनयका बा आमाले अन्तर्जातिय बिबाह गरेको र त्यसमाथी ब्राहकुने मेलामा दोहोरी प्रतियोगिता हुंदा केटा पक्षका तर्फबाट बिनयका बाले जित हांसिल गरे पछि केटि अथार्त बिनयको आमालाई भगाइ बिबाह गरेकोमा घरपरिवारबाट अस्विकार र नामन्जुर गर्दै ,नमिठो वचन लगाउदै घर निकाला गरेकोमा बिनयको बा आमाको मन कुडिएको,चित्त दुखेको र अनेक संघर्ष गर्दै काठमाडौमा घर बनाउन सफल भएको कुरा थाहा पाए पछि उसको संबेदनसिल मन दुख्छ र यसरी पारिवारिक बेमेल र सम्बन्ध टुट्नुको कारण बुझेपछि उसको मनले आफन्तहरु संग विविध कारणबश टुटे फुटेका , धांजा फांटेका , कटुता र तिक्तता उत्पन्न गरेका मनलाई टाल्ने यत्नमा भगिरथ जुट्छ र नभन्दै बिनयकै जोडबल र करले दशै चाडको छेको पारी आफ्ना बा आमालाई पुर्खौली घर दाङ घोराही सम्म ल्याइ पुर्याउंछ ।
लामो समय सम्म परिवारबाट अलगथलग भएको भाइ, छोरा ,नाति अकस्मात घर आंगनिमा पाइलो टेकेकोमा बुढ्यौली अबस्थाका बिनयका हजुर बा ,आमा आफन्त र इष्टमित्रहरुको पुनर्मिलनको त्यस क्षण एक अर्का बिच हर्षका आँसु सहित आत्मियता छचल्किएको र हिजोका ती कटुता बिर्सी एकाकार भएको दृश्य पढिरहेको पाठक समेत त्यस पारिवारिक माहोलमा गांसिन पुगि स्वयंमा भावुक र संबेदनसिल हुन बाध्य हुन्छ ।
यसरी उपन्यासकार सबिनजिले बिनयको घरपरिवारमा जस्तै हाम्रो गाउँ घर समाजमा हुने घट्ने यस प्रबृत्तिका पारिवारिक मेल र बेमेल उत्पन्न हुनुका कारण खोतल्दै त्यस सामाजिक यथार्थ घटना दृश्यलाई टपक्कै टिपि त्यसै अनुसार पोखिएका छन् । समाजको प्रतिबिम्ब उतारेका छन् ।
त्यसैगरि उपन्यासमा आफ्नो प्रेमिका सानू बाध्यताबश क्यानेडामा जानु परे पनि आफूलाई नबिर्सने र किमार्थ धोका नदिने बिश्वासको साथ बसेको बिनयले अकस्मात उसको मोबाईल Messenger मा बिदेशी केटा संग बसेको र उसै संग बिबाह गर्ने तयारीमा जुटेको खबरले उ दुखी र चिन्तित हुन पुग्छ । ती दुई प्रेमिल जोडीको प्रेम संबाद सुनेर आनन्द मानिरहेका स्रोता तथा पाठक पनि यस खबरले खिन्न र उदास हुन पुग्छन् । यस खबर संगै बिनय अचानक ट्रकको ठक्करबाट शक्त घाइते भै २ बर्ष सम्म उपचारको अबस्थामा रहन बिबश हुन्छ ।
प्रेम बियोगमा तड्पिइ दुखी, निरश भएको र लगत्तै सडक दुर्घटना भए पश्चातका समयमा बिनयको मिल्ने साथी सन्देशले उसको एक्लोपन, नैराश्य र बैराग्यपनलाइ हटाइ सान्त्वना दिने प्रयत्न गर्छ। साथी सन्देशको ढाडस , आत्मियता ,उत्प्रेरित र सहयोगी स्वभावले गर्दा बिनय तङ्रीन्छ । यसरी सन्देश जस्तो साथित्व र भातृत्वभावको चरीत्र अभिनय गराइ उपन्यासकारले के सन्देश प्रवाह गरेका छन् भने हाम्रो गाउँ घर समाजमा कुनै पनि ब्यक्ती चाहे त्यो आर्थिक , घरायसी ,पारिवारिक बेमेल र प्रेमको झमेलामा परेको होस् वा कुनै असफलता हासिल गरे पछि किन नहोस् समयमै सान्त्वना दिने र ढाड्स दिने नजिकको मान्छे नभेटेपछि निराश, उदास र बिरक्त हुँदै आत्महत्या गर्ने , डिप्रेशनको रोगले थलिन सक्ने स्थिति उत्पन्न हुने भन्दै लेखकले हरेक आफम्तजन र साथिभाइले त्यस खबरलाइ बेवास्ता गर्न र कम आंक्न नहुने तर्फ सबैलाई सचेष्ट रहन सुझाएका छन् ।
बिनय कसै संग सम्पर्कमा आउन नसकिरहेको अबस्थामा क्यानेडामा रहेकि उसको प्रेमिका सानू पनि ब्याकुल र दुखी हुन पुग्छे । वास्तवमा सानू र बिनय बिचको प्रेम सम्बन्धलाई टुटाइ फुटाइ बिदेशी केटा संग बिबाह गराइदिने प्रयत्नमा जुटिरहेका क्यानेडामा रहेका सानुका मामामाइजुको षड्यन्त्र र साजिस अनुसार बिनयको बिबाह भै सकेको खबर सानु कहाँ पुर्याएको र बिबाह गराउने यत्नमा जुटेको तर सानू अनिच्छुक हुँदै मामा माइजु संग समेत सम्पर्क बिच्छेद गर्दै नेपाल आएको खबर बिनयले क्यानेडामा रहेकी आरिया शर्मा द्वारा थाहा पाउंछ ।
यस खबर संगै बिनय ,सानू रहे बसेको घर KTM थापाथलिमा गै सम्पर्क गर्न खोज्दा २ बर्ष सम सम्पर्कमा नरहदा र बिनयको बिबाह समेत भैसकेको झुट खबर पाए लगत्तै सानुका घरपरिवारले अमेरिकी पिआर वाला केटा संग बिबाह गराइ दिन लागेको अबस्था बारेमा सानू र बिनयले आ- आफ्ना जिन्दगीमा ब्यहोर्नुपरेको स्थिति साटासाट गरे पछि अमेरिकी पिआर बिबाह समझदारी रद्द गराइ पुनः आफ्नो पुरानो प्रेम सम्बन्धको कडिलाइ जोड्न पुग्छन् । ती दुई प्रेमिल जोडीको सम्बन्धमा दरारको स्थिति सुन्दा दुखी भएका पाठक पनि यस मिलनको खबरले खुशी र गदगद हुन पुग्छन् ।
यसरी उपन्यासकार सबिनले बिनय र सानू बिचको प्रेमिल सम्बन्धका उतारचढाव,बियोग र मिलनका किस्सा प्रस्तुत गरि हाम्रो समाजमा कसरी र कुन अबस्थामा प्रेमी प्रेमी बिच नचाहदै पनि बिछोडको स्थिति ब्यहोर्नुपर्ने हुन सक्छ ? मनैबाट र एक अर्कालाई बुझे जानेका प्रेमी प्रेमिकाको सम्बन्धलाई असफल बनाउन, धन सम्पत्तिलाई मात्र प्राथमिकता दिन कन्जुस्याइँ नगर्ने सानुका मामा माइजू जस्ता मार्काका आफन्तजन र घर परिवार कसरी प्रेम सम्बन्धमा बाधा र अवरोध तेर्स्याउन लागि पर्छन् भन्ने संकेत भाव दिएका छन् ।
त्यसैगरी उपन्यासमा अभिब्यक्त पात्र बिनयको मिल्ने साथी संदेश एक ब्राह्मण परिवारको रहेको र उसको एक दलित समुदायकि केटी ललिता संग ४ बर्ष सम्म प्रेम रहेकोेमा ती दुबै प्रेमिल जोडि बिबाह गर्न इच्छुक रहेर पनि कथित जातको कारण सन्देशको घर परिवारबाट अस्वीकार्य र नामन्जुर स्थितिको स्पष्ट संकेंत देखे बुझेपछि बिनयको चातुर्य र सहयोगी भूमिका मार्फत सन्देशको घरपरिवारलाई दलित समुदायकी ललितालाई बुहारीको रुपमा स्विकार्य बनाउन र उनीहरुको बिचको प्रेम सम्बन्धको कडीलाइ एक बनाइ साकार रुप लिन सहयोगी भूमिका रहन्छ । यसरी उपन्यासकारले हाम्रो समाजमा अद्दपी सम्म पनि कसरी कथित जातपात, उचनिच जस्ता अमानवीय प्रथाले घर गरेको छ ? कसरी जातपातकै नाममा प्रेमिल सम्बन्धलाई टुटाउन ,फुटाउन ,बाधा ब्यबधान खडा गर्न उद्द्त छ ? लेखकले यस जमिनी यथार्थको प्रतिबिम्ब उतार्ने प्रयत्न गरेका छन् ।
त्यसैगरी उपन्यासमा लेखकले आफूलाई राजनीति गर्छौ भन्ने नेतृत्वले , समाजका अगुवाहरुले ,आफ्ना छोराछोरीलाई बिदेश मोह तर्फ आकृष्ट होईन स्वदेशमै बस्न,कम महत्वाकांक्षी बन्न, सरल , सहज जीवन जिउन प्रेरित गर्नुपर्ने यदि त्यसो नगरेमा जनप्रतिनिधिमा उठन नपाउने र सम्बन्धित पार्टीले टिकट दिने परिपाटीको अन्त्य गर्नुपर्ने स्थिति बसाल्नुपर्ने उद्योगि ब्यापारी र उच्च तहका कर्मचारीका सन्ततिलाइ समेत कुनै न कुनै पेशा ब्यबसाय र इलममा समाबेश गराइ स्वदेमै बस्ने भाव जागृत गर्नुपर्नेबारे विशेष जोड दिएका छन् ।
त्यसैगरी उपन्यासमा सामुदायिक बिद्यालयमा काम गर्ने तर आफ्ना सन्ततिलाई निजि स्कुलमा पढ्न पठाउने महारोगले गर्दा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरको गिरावट भएको तर्फ पनि बिबेचना गरिएको छ ।
त्यसैगरी पुस्तकमा देशलाई कसरी आत्मनिर्भर, बिकशित र समृद्धको दिशातर्फ उन्मुख गराउने सम्बन्धमा पनि लेखकले निम्न जुक्तिहरु सुझाएका छन् ।
१- ७५३ वटै पालिकामा हरेक बर्ष एक एक वटा कृषिमा स्थानीय उत्पादनमा त्यहाँको आबश्यक्तामा आधारित साना ठूला उद्योग खोल्नुपर्ने
२- प्रदेश सरकारले लार्ज स्केलमा कृषि पशुपालन, फलफूल , खेती , माछापालन कुखुरा , जडिबुटी र प्रशोधन कार्य गर्ने तर्फ किसानहरुलाइ उत्प्रेरित गर्ने
३ – कृषकले उत्पादन गरेका सामानको बजारीकरण र ब्यबस्थापनमा ढुक्कको अबस्था सिर्जना गर्ने
४- आ- आफ्ना गाउँ टोल, वडा, पालिका स्तरमा बिदेशमा गएकाहरुको डाटा संकलन गरि गराइ उनीहरुले दु:ख गरि कमाएको आर्जित पुंजीलाई घरघडेरी किन्ने र आलिशान घर बनाइ फजुल खर्च र आडम्बरी बन्ने प्रबृत्तिलाई अन्त्य गर्दै कृषि उद्योग र कलकारखानामा उक्त पुंजी लगानी गर्न वातावरण सिर्जना गर्ने ।
५- उद्योग कारखाना र कृषि कार्यका लागि चाहिने जनशक्ति शिक्षालाई श्रम संग जोडेर कार्ययोजना तयार गरिनुपर्ने ।
६- हरेकका बच्चा बच्चीलाई ८ कक्षामा पुगे पछि अनिवार्यरुपमा २ दिन काममा लगाइ Token of Money बनाउने हो भने हरेक नेपाली कामकाजी , सिपयुक्त बन्ने र जसले गर्दा यस अबस्थामा बिदेश गैहाले पनि उसको श्रम र सिपमा दक्षताकै कारण उसको भबिस्य सुरक्षित रहने ।
७ – मुलुकको आर्थिक सुधारको लागि प्रशासनिक कटौती र शिक्षालाई सीप संग जोड्नुपर्ने
त्यसैगरी उपन्यासमा स्वदेशमा रोजगारको प्रयाप्त अवसर र सुबिधा नहुदा घरको मूली र अभिभावक बिदेशिनु परेको हकमा घरपरिवारका सदस्यमा र सम्बन्धित जनमा लामो समय सम्म बिदेशकै भूमिमा रहनुपर्ने अबस्था सिर्जना हुंदा पारिवारिक बिछोड , एक्लोपन, मानसिक असन्तुष्टि , दाम्पत्य जीवनमा आउने उतारचढाव ,अभिभावकको अभिभावकत्व रेखदेखमा हुर्किन नपाएका बच्चा बच्चिहरुको मनोदशा र संस्कारित जीवन शैली लगाएत त्यसले असर पारेका मनोबिज्ञानका पाटाहरुलाई समेत लेखकले उजिल्याउने र बिबेचना गर्ने प्रयास गरेका छन् ।
त्यसैगरी उपन्यासमा लेखकले बिनयका बा छोरा बिचको संबाद मार्फत राजनीति गर्ने नेताहरु कुनै इलम , उद्योग , पेशा ब्यबसाय र आय आर्जनका बाटा नसमाती खाली पेशेवर राजनीतिको नाममा अपारदर्शी र लोफ्फर जीवन शैली बिताउदाको परिणामनै राजनीति र सम्बन्धित नेतृत्व प्रति सम्मान र आदरको नाममा आज निरासा घृणा र अनादरको अबस्था सिर्जना भएकोले राजनीतिलाई देश बनाउने माध्यम बनाउनुपर्ने, हरेक पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता कुनै पद ,अवसर वा लाभको खातिर पार्टी नेतृत्वको चाकरी र ताबेदारीमा फस्नु भन्दा निस्वार्थ सेवा भाव, कुनै न कुनै पेशा , इलम , आय आर्जनमा जोडिइ तदनुकुल स्वच्छ , पारदर्शी आचरण व्यबहार प्रस्तुत गर्नुपर्ने राय प्रकट गरेका छन् ।
त्यसैगरी उपन्यासमा लेखकले नेपाली काङ्ग्रेसका नेता खुम ब खडका र बालकृष्ण खाण ,नेकपा एमालेका टोप ब .रायमाझी, माओवादी केन्द्रका कृष्ण ब.महरा लगाएतका नेताहरू विभिन्न आरोपमा जेल पर्दा त्यस पार्टी सम्बद्ध नेता कार्यकर्ता र शुभेच्छुकजनहरुले आफ्ना नेता विरुद्ध साजिस र षड्यन्त्र भन्दै बिरोधका स्वर नउरालेको तर आफूलाई फरक र नयाँ किसिमको पार्टी दाबि गर्ने रास्वपाको सभापति रबि लामिछाने सहकारी प्रकरणमा जेल पर्दा त्यस पार्टीको सिंगो टोलि सदन देखि सडक तताइ अराजकता पर्दर्शन गर्न तम्सिनु आश्चर्यको बात रहेको , अदालती र कानुनी प्रक्रियाको निर्णयलाई सरकारको नियत संग जोड्दै बिरोधममा उत्रिनु युक्तिसंगत नभएको दलिल पेश गरेका छन् ।
यसरी उपन्यासमा अभिव्यक्त पात्रहरू बिनय र सानू होस् वा घर परिवारका अन्य सदस्य बिच भएको गन्थन र संवादमा देशको जल्दाबल्दा समस्या ,राजनीतिका उतारचढाव , वैदेशिक रोजगारले सिर्जना गरेका कारणहरु, समाधानका उपायहरू , पारिवारिक मेल र बेमेलका मनोवृत्तिहरुको बेलिबिस्तार सुनिरहेका पाठक उनीहरुको संबाद सुन्न छाडेर अन्यत्र ध्यान मोड्दैनन । पात्रहरूको माध्यमबाट गाउँ घर समाज र देशको अबस्थालाई चित्रित गर्न, सामाजिक सरोकारका ज्वलन्त मुद्दा उधिनि आफ्ना कुराहरू ती मार्फत अभिव्यक्त गराइ पाठकलाई प्रभावित पार्न सक्ने लेखकिय खुबीनै उपन्यासकार सबिनजिको सबल पक्ष हो ।
यद्यपि बिचारधारात्मक हिसाबले लेखक एक द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शन, प्रगतिशील चेत र मार्क्सवादी दार्शनिक समझको भएको कारण र यो पंक्तिकार लेखकको एक गम्भीर स्रोता तथा शुभेच्छुकको नाताले पनि सुझाएं कि – सबिनजिले आफ्ना कथाबस्तुको पेटबोली र पात्रहरूको भूमिकामा सोही अनुसार भावभुमी जाहेर गरि दैब, भगवान , भाग्यको खेल ,लिला जस्ता वाक्य छनौट नगरी संयोग , परिस्थितिको भूमिरिमा जाकिदा, धकेलिदा वा चेपुवामा पर्दा जस्ता शब्द छनौट गरि भुइँ तहका , आम, गरिब, किसान र मिहिनेतकश जनताले भोगेको कहर, संघर्ष र सपनाहरूलाई पनि समेट्ने जांगर देखाएमा लेखकले सिर्जिएका खजानाले अझै बौद्धिक र ओजपूर्ण महत्त्व राख्ने थियो कि ?
अन्त्यमा र जम्मामा उपन्यास सलल बगेको छ ।त्यहाँ भारिभरकम शब्द जागरनका कुरा अटेसमटेस छैनन् । सामाजिक यथार्थताइ प्रतिबिम्बित हुने गरि लेखिएको यो उपन्यास पठनिय र सङ्ग्रहनिय रहेकोमा कुनै शंका छैन । धन्यवाद ।
राम वहादुर जि.सी.
तुलसीपुर ६ ,गाइडहर
दाङ
९८५७८९०२२४
प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार

