सहिद कृष्ण सेन ‘इच्छुक’को २४औं स्मृति दिवसमा विशेष कार्यक्रम



 

प्रगतिशील लेखक संघ दाङ जिल्ला समितिले सहिद कृष्ण सेन ‘इच्छुक’को २४औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यही जेठ १३ गते दिउँसो १२:३० बजे राप्ती गाउँपालिकाको सभाहलमा, राप्ती गाउँपालिकाको सहकार्यमा हुने छ।

कार्यक्रम अन्तर्गत पालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूबीच “अगामी राजनीतिक परिवर्तनमा सहिदहरूको योगदान” विषयमा कविता प्रतियोगिता आयोजना गरिनेछ। त्यस्तै, सहिद इच्छुकको साहित्यिक तथा राजनीतिक योगदान विषयमा विशेष अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।

संघका सचिव पुरन शर्माका अनुसार, कार्यक्रमले विशेषगरी युवा पुस्तामा सहिदहरूको विचार र योगदानप्रति समझदारी बढाउने उद्देश्य राखेको छ। कार्यक्रममा साहित्यप्रेमी, लेखक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको सक्रिय उपस्थिति अपेक्षा गरिएकाे छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्