प्रेस चौतारी नेपाल दाङले १८औं गणतन्त्र दिवसको अवसरमा “गणतन्त्र हाम्रो भरोसा” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले लामो संघर्षपछि प्राप्त गणतन्त्रको विकल्प नभएको र यसलाई मजबुत बनाउन सबैले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।
प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले गणतन्त्रले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै, अझ प्रभावकारी बनाउन सबै क्षेत्रले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज टिका बहादुर बस्नेत, नेकपा एमाले दाङका प्रचार प्रमुख संगीत बस्याल लगायतले गणतन्त्रले स्वतन्त्रता र विकासको आधार तयार पारेको बताउँदै यसको उपलब्धि संरक्षण गर्नुपर्नेमा जोड दिए।
वक्तृत्वकला प्रतियोगितामा दाङका विभिन्न क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा मेट्रो कलेजका पारस वली प्रथम, रोशनी थापा द्वितीय, राप्ती बबई क्याम्पसका केबी वली र भिक्टोरिया कलेज घोराहीकी प्रमिता चौधरी तृतीय भएका छन्। उनीहरूले क्रमशः ५ हजार, ३ हजार, र १५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
कार्यक्रम प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने विषय प्रवेश दुर्गालाल केसीले गर्नु भएको थियाे । कार्यक्रम काे सहजीकरण बसन्त परियारले गर्नुभएको थियाे ।