तुलसीपुरमा बालश्रम विरुद्धको दिवस, नारामा सिमीत नपारौँ

तुलसीपुरका ५ वटा वडा बालश्रम मुक्त


No description available.

तुलसीपुर उपमहानगरपालिकाले ५ वटा वडालाई बालश्रमुक्त वडा घोषणा गरेको छ । यूनिसेफ नेपाल, विभिन्न वडा कार्यालय र अन्य सरोकारवालाहरुको सहयोगमा उक्त वडाहरुलाई बालश्रममुक्त वडा घोषणा गरेको हो । तुलसीपुर उपमहानगरपालिका भित्र वडा नं.१, २ ६, १८ र १६ गरि जम्मा ५ वटा वडाहरुलाई बालश्रम मुक्त गर्ने कार्य सम्पन्न गरेको छ ।

No description available.
नवजागारण महिला तथा बालबालीका संरक्षण केन्द्र (न्युसीपीसी) का अध्यक्ष नवराज लामीछानेका अनुशार २०७६÷०७७ मा वडा न. ६ लाई बालश्रममुक्त वडा गरेको हो । यस्तै २०७८÷०७९ मा वडा न. १ र २ , २०७९÷ ०८० मा वडा न. १६ र १८ लाई बालश्रममुक्त वडा गरेको तथ्यांकमा जनाईएको छ । ५ वटा वडाहरुमा बालक १८ र बालीका २० गरि जम्म ३८ जना बालबालीकाहरुलाई उद्धार गरिएको थियो ।

तुलसीपुरमा श्रममा परेका बालबालीकाहरुको उद्धार गर्ने क्रममा यातायात सेवामा , निर्माण व्यवसाय, घरेलु कामदार, पशु बधशालामा , ग्यारेज, होटेल व्यवसाय, व्यापार व्यवसाय, ट्याक्टर सेवा, ग्रिल उद्योग, फर्निचर व्यवसाय, गिट्टी कुट्ने काममा लागेको पाईएको थियो ।
न्यु सीपीसीले अध्ययन गरेको तथ्यांक अनुशार तुलसीपुरमा कूल जनसंख्या १,७९,७५५ को करीब ३५ प्रतिशत बालबालिका छन् । जसमा आमाबुवा संगै वस्ने जम्मा ७१.८ प्रतिशत, आमासंग मात्र वस्ने जम्मा २२.६ प्रतिशत, बुवासंग मात्र बस्ने जम्मा १.०९ प्रतिशत, बुवा र अर्कि आमासंग जम्मा ०.४ प्रतिशत, आमा र अर्को बुवा संग बस्ने ०.१ प्रतिशत, अन्य आफन्तसंग जम्मा ३.५ प्रतिशत र रोजगारदातासंग बस्ने जम्मा ०.०१ प्रतिशत रहेका छन् ।

केन्द्रिय तथ्यांक विभागले प्रकाशित गरेको बालश्रम सम्बन्धी प्रतिवेदन र अन्तराष्ट्रि श्रम संगठनले तयार पारेको प्रतिवेदनलाई आधार मानि हेर्दा एकातिर बालश्रमको समस्या जटिल वन्दै गएको पाईन्छ भने अर्को तिर खास गरी ५ देखि १४ वर्ष उमेरका बालबालिकाको बालश्रमको अनुपात घट्दै गएको अवस्था छ । केन्द्रिय तथ्यांक विभागको वहु क्षेत्रिय क्लष्टर सर्वेक्षण अनुसार ५ देखि १३ वर्ष उमेर समूहका जम्मा १८ प्रतिशत बालबालिका बालश्रममा रहेको पाईएको छ । भने १४ देखि १७ वर्षको जम्मा १० प्रतिशत रहेको छ ।

तुलसीपुरमा वालश्रम दिवस
यसैविच तुलसीपुरमा वालश्रम विरुद्ध दिवसका अवसरमा आज एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले उपमहानगरलाई बालबालिका मुक्त घोषणाको मात्र नभई वास्तविक बालश्रममा परेकालाई पहिचान गरेर दिर्घकालिन व्यवस्थापनका साथ कार्यान्वयनमा ल्याउन सुझाब दिएका थीए । बालबालिकाहरुलाई श्रमबाट मुक्त गर्ने तर त्यो दिर्घकालिन रुपमा लग्नुपर्ने उनीहरुको भनाई थियो । नारामात्र सिमीत भएको दिवसले अव सार्थक्ता पाउँनुपर्ने उनीहरुले जीकीर गरे ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतीथी स्यानी चौधरीले हरेक बुवाआमाले आफनो छोराछोरीहरुलाई श्रम गर्न बाट जोगाउँनुपर्ने बताउँनुभयो । उपप्रमुख चौधरी यसका लागि सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका कुरामा सक्षम हुन जरुरी रहेको बताउँदै अभिभावक नै यस कुरालाई गहनका साथ दिनुपर्ने बताइउनुभयो । ब्यवहारमा लागु हुन नसकेका कुरालाई सबै जिम्मेवार ब्यक्तीहरु नै अग्रसर हुनुपर्ने भन्दै बालबालिकालाई शिक्षासंग जोडेमा मात्र भविष्यमा बालश्रमका घटनामा कमी आउने दावी गर्नुभयो ।

No description available.
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका ११ का वडाध्यक्ष मानबहादुर रावतले सबै तह र तप्का बाट बालश्रम उन्मुलन गर्ने प्रतीवद्धता जाहेर गर्नुपर्ने बताउँनुभयो । हरेक बालबालीकाहरुलाई विधालयसंग जोड्नुपर्ने भन्दै वालश्रमका विरुद्ध अझै आवाज उठाउँन आवश्यक रहेको बताउँनुभयो । आर्थीक पाटोले नै श्रमतिर डोर्याउँने गरेकाले यस विषयमा अझै वहस गर्नपर्ने बताउँनुभयो ।

No description available.
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख रविन्द्र कुमार मल्ल, नेपाल पत्रकार महासंघका सह – सचिव दिप्तीशिीखा चौधरी ,  तुलसीपुर अटो भिलेज ब्यवस्थापन समितीका अध्यक्ष पदम पोख्रेल लगाएतले बोल्नुभएको थियो ।

No description available.

सो अवसरमा जनप्रतीनिधि, प्रहरी, विभीन्न संघ सस्ंथाका प्रतीनिधि, पत्रकार, बालक्लवहरुको सहभागिता रहेको थियो । सो अवसरमा हस्ताक्षर अभियान अन्र्तगत बालश्रम विरुद्धको तुलसीपुर उपमहानगरपालीकामा हाम्रो सामुहिक प्रतीवद्धता लेखिएको ब्यानरमा सामुहिक हस्ताक्षर गरिएको थियो ।

No description available.

No description available.

No description available.

नवजागारण महिला तथा बालबालीका संरक्षण केन्द्र (न्युसीपीसी) का अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
त्रीशीद्धेश्वरी यातायात प्रा.ली.का अध्यक्ष शुरेस हमालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण न्यूसीपीसीका महासचिव नानीमैया वलीले गर्नुभएको थियो ।

‘‘सबैका लागि सामाजिक न्याय ः बालश्रमको अन्त्य’’ भन्ने नाराका साथ तुलसीपुर उपमहागरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा, त्रिशिद्देश्वरी राप्ती यातायात प्रालि र नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्