दाङको तुलसीपुरमा मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता हुने



 

एच.आर मगर

दाङको तुलसीपुरमा दुई दिने मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता २०८२ हुन लागेको छ । राष्ट्रिय युवा सङ्घ उपमहानगरपालिका ५ को आयोजनामा खुला फुटसल प्रतियोगिता हुन लागेको हो ।

बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय युवा सङ्घले जानकारी गराएको हो ।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकासहित जिल्लामा विभिन्न ठाउँबाट गरी १८ वटा टिमहरू सहभागिता रहने आयोजक राष्ट्रिय युवा सङ्घ तुलसीपुर ५ का अध्यक्ष पारस मल्ल ठकुरीले बताएका हुन । प्रतियोगितामा सहभागी हुन टिम दर्ता स्वरुप ३ हजार ५ सय शुल्क लिएको र प्रथम हुने टिमले नगद ५० हजार पुरस्कार , शिल्ड र प्रमाणपत्र पाउने समेत उनले बताएका हुन ।

यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले नगद २० हजार पुरस्कार, प्रमाण पत्र पाउने र म्यान अफ द म्याच हुने खेलाडीलाई पनि नगद पुरस्कार रहेको उनले बताएका हुन । यस्तै प्रतियोगिता सञ्चालन गर्नको लागि देश तथा विदेशमा रहेका साथी भाईहरुले सहयोग गरेको उनले बताए । साथै खेल नकआउट तरिकाले खेलाइने आयोजकले जनाएको छ ।

यो प्रतियोगिताको आयोजना गर्नुको मुख्य कारण स्वर्गीय मदन भण्डारीको सम्झनाको लागि रहेको भन्दै उनले युवाहरू खेल क्षेत्रबाट अगाडि बढ्न सकुन् भन्ने उद्देश्य रहेको समेत बताए । यस्तै उनले पछिल्लो समय बुबाहरू विभिन्न कुलतमा फसेको अवस्थामा युवाहरू कुलतमा नभइ खेल क्षेत्रमा लागू भन्ने अर्को उद्देश्य रहेको पनि बताएका हुन । उनका अनुसार प्रतियोगिता शुक्रबारदेखि शुरु हुने र शनिवार समापन हुने छ ।

प्रतियोगिताको उद्‌घाटन पूर्वमन्त्री हिराचन्द्र केसीले गर्ने र बिहान ८ बजे हुने छ । अध्यक्ष पारस मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण सन्चारकर्मी एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्