नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले नेकपा एमाले भित्र समाजवाद निर्माणका लागि नेकपा एमालेका कार्यकर्ताहरु उत्पादन र श्रमसंग जोडिनुपर्ने बताउँनुभएको छ । घर, समाज र देशको समग्र विकासका लागि आर्थीक रुपले सवल र सक्षम हुनुपर्ने उहाँले बताउँनुभयो । प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र मदन भण्डारी विषयक विचार गोष्ठीमा प्रमुख अतीथी समेत रहनु भएका पाण्डेले यस्तो बताउँनुभएको हो । उहाँले हरेक जनवर्गीय संगठन रुपान्तरण गर्न तर्फ लाग्नुपर्ने बताउँनुभयो ।
साथै उहाँले मदन भण्डारीलाई महानायक र महापुरुषको रुपमा लिनुपर्ने भन्दै माक्सवादको सिद्धान्तलाई जनपक्षीय रुपमा लग्नुपर्ने जरुरी रहेको बताउँनुभयो । जननेता मदन भण्डारीले अगाडी सारेको नवीन बिचार व्यक्तिको जीवन परिवर्तनमा पनि महत्व रहेको भन्दै सामाजीक रुपान्तरण गर्न आर्थीक स्वतन्त्रतालाई बुझ्न जरुरी रहेको उहाँले बताउँनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हुकुम बहादुर बस्नेत, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्का, एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुषाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, एमाले नगर अध्यक्ष माधव वली लगायतकाले अभिब्यक्ति स्वतन्त्रताका नाममा अराजकता रोकिनुपर्ने बताएका थिए । उनीहरुले स्वतन्त्रता भित्र अनुशासन अपरीहार्य रहेको बताएका थिए । जनवर्गीय संगठनको हिसावले ठोस रुपमा कार्यक्रम लग्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले मदन भण्डारीको राजनैतिक जीवनी र जबजको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गरेका गर्नुभएको थियो । उक्त कार्यपत्र माथि नेसविका उपप्रध्यापक महेन्द्र भण्डारीले टिप्पणी गर्नुभएको थियो ।
चौतारीका जिल्ला अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष प्रेम बहादुर राम्जाको स्वागत गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष सुधासुमन ढकाल र सहजिकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।