लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब बजेट (पुर्ण पाठ )



लुम्बिनी प्रदेश सरकारले ४० अर्ब बढीको बजेट ल्यायो

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०र०८१ का लागि करिब ४० अर्ब बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैया बराबरको बजेट ल्याएका हुन् ।

जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ । त्यस्तै वित्तिय हस्तान्तरणका तर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो । जुन चालु तर्फ ३३।६८ प्रतिशत, पुजिगत तर्फ ५७।४५ प्रतिशत र वित्तिय हस्तान्तरण तर्फ ८।८७ प्रतिशत रहेको छ ।

आगामी बर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड, बिशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ ।

चालु बर्ष २०७९र०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ ।

FY 2080-81 Budget Final Version(1)

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्