दंगीशरण १ मा नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र न. ३ का उम्मेद्धार कोमल वली पुग्दा युवा देखि बृद्ध अवस्थासम्म पुगेका हरेक नागरीकहरु खुसी भए । घरदैलो अभियानका क्रममा आज दंगीशरणको विकट वडाका रुपमा परिचित रहेको वडा न. १ मा पुग्दा त्यहाँका नागरीकहरु खुसीले गदगद भए । कोहि काम छोडेर नजीकै वस्न आए । कोहि गुनासाहरु सुनाए । कोहि फोटो खिच्छौँ भन्दै वरीपरी झुम्मीए ।
एक बृद्ध बुवाले भने – “नानी तपाई आउँनु भो छोरी माईत आया जस्तै खुसी लाग्यो ।गाउँपालिका भो र पाँच वर्षमा खानेपानी पनि आछ खाने पानी छ काम चल्याछ, जोरो आउँदा सिटामोल खाने स्वास्थ्य चौकि पनि छ अव बाटो पक्की बनाईदिनुस् । हामीलाई मस्तै धौँ भईजान्छ, हिडिन जाने, बाटो पक्की भया त गाडि चलीरला ।”
वलीले भन्नुभयो – “यसपाली मलाई जिताउँनुस् म गाउँ उज्यालो बनाउँने मात्र होईन हरेक नागरीकको मुहारमा खुसी ल्याउँनेछु । हामी गाउँ सिँगारेर यो देशमा समृद्धि ल्याउँनेछौँ तपाईहरु साथ दिनुस् ।”