तुलसीपुर र सल्यान कपुरकोट क्षेत्रमा भोलि विद्युत नआउने



तुलसीपुर र सल्यान कपुरकोट क्षेत्रमा भोलि विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि साढे चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।

तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।

बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूणर् क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्