दाङ घोराही उपमहानगरपालिका १५ अप्सरा होटलबाट प्रहरीले चार जनालाई पक्राउँ गरेको छ । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका १६ बस्ने २४ वर्षीय राजन नेपाली सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार