
दाङमा शुक्रबार बिहान ५ बजेदेखि कर्फ्यु हटाइएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।
तर, हुलदंगा र अशान्ति हुन सक्ने भन्दै शुक्रबार दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा भने जारी गरिएको उहाँले बताउनुभयो । निषेधाज्ञा जारी भएको अवस्थामा पाँच जनाभन्दा बढी जम्मा भई भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइँदैन ।
यसअघि जिल्लामा सरकारी सम्पत्ति, कार्यालय र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी भएपछि कर्फ्यु जारी गरिएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार

