रगत अभाव हुन नदिन तुलसीपुरमा खुल्ला रक्तदान



तुलसीपुरमा आज शनिवार  खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङको तुलसीपुरमा रगतको अभाव हुन नदिने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम गरिएको हाे ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने उद्देश्यका साथ एचआर मिडिया हाउसको आयोजना तथा ग्लोबल ओरेन्स नेपाल तुलसीपुरको सहकार्यमा रक्तदान गरिएको हो ।

मिडिया हाउसका अध्यक्ष एचआर मगरको अध्यक्षता तथा शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवम युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)को विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले यस मिडिया हाउसले समाजमा गरेको मानवीय कार्य प्रशंसनिय रहेको उल्लेख गर्दै संस्थाले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रक्तदान गरेको बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले मानविय कार्यमा स्थानिय सरकारकाे महत्त्वपूर्ण भुमिका रहने भन्दै साथ र सहयाेग गर्ने बताउनुभयाे । आगामी दिनमा पालिकाले यस्ता खालका कार्यमा सहकार्य गर्ने समेत प्रतिवद्धता जनाउदै युवाहरुकाे हरेक कार्यमा हातेमालाे गर्न लागि तत्पर हुने बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि लहरेले रक्तदान नै जिवनदान भएको भन्दै जिल्लाको पश्चिम क्षेत्रमा रगतको कमी हुन नदिने उद्देश्यले गरिएको कार्यक्रम प्रशंसनिय रहेकाे बताउनुभयाे ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह-सचिव दिप्तिशिखा चौधरी, लायन्स क्लब अफ क्यापीटल दाङका अध्यक्ष दिपक केसी लगाएतले सामाजिक कार्यमा मिडिया हाउसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

ग्लोबल ओरेन्स नेपाल तुलसीपुरका प्रमुख मनोज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण गायक तथा उद्घोषक शान्ताराम सेन्चुरीले गर्नुभएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाँउ स्थित युथ्स अफ तुलसीपुरको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्