आज २०८१ साल असोज ५ गते शनिबार । सन् २०२४ सेप्टेम्बर २१ तारिख। चतुर्थी श्राद्ध। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल
मेष राशि -मनमा हर्ष उल्लास छाउला ।कम मेहनतमा पनि सफलता हात लाग्ला । बाणि द्वारा अरुलाई प्रभावित परिनेछ ।
बृष राशि – कार्यमा वाधा उत्पन्न हुनेछन् । कसैको दवाव सहनु पर्ला । मन अशान्त रहला । पारिवारीक समस्या वढ्ला ।
मिथुन राशि – सामाजीक कार्यमा रुचि बढ्नेछ । कुनै विशिष्ट व्यक्तिको भेटघाटले मनमा हर्ष उत्पन्न होला ।हिम्मत बढेर आउला ।
कर्कट राशि – शिक्षक र विद्यार्थीको लागि आज दिन शुभ रहला आदर्श व्यक्ति संग सहकार्य हुनेछ ।कुनै पनि सामाजीक कार्यमा सरिक भैएला ।
सिंह राशि – अधुरा कार्यहरु आज पून: सुचार हुनेछन् ।तपाईको कार्यको प्रसंसा हुनेछ ।नयाँ कुरा सिक्न पाउँदा मनमा खुसि छाउनेछ ।
कन्या राशि -स्वास्थ्यमा अलिक ख्याल राख्नु होला । निर्णय गर्दा विचार गरेर अगाडि वढ्नु होला । चुनौतिको सामना गर्नू पर्ला ।
तुला राशि -न्यायिक कार्यमा सफलता मिल्नेछ ।धार्मिक तथा सामाजीक कार्यमा रुचि वढ्ला। चिताएका कार्यहरु पूर्ण होलान् ।
बृश्चिक राशि – तपाईले गरेको कामको प्रसंसा बढ्नेछ ।धर्मकर्ममा मन जाला ।मनमा भने एकखाले भए उत्पन्न होला ।
धनु राशि -भाग्य वढ्ने समय छ । विभिन्न अवसर प्राप्त होला । सम्मान वढ्ला । नयाँ कार्यको प्रारम्भ होला ।
मकर राशि -सामान हराउने चोरी हुने हुन सक्ला ।कार्यमा वाधा उत्पन्न होला ।यात्रामा सजगता अपनाउनु होला ।
कुम्भ राशि – सामाजीक कार्यमा सरिक भैएला ।तपाईको कामको मूल्याङ्कन होला ।दिन मनोरन्जनात्मक भएर वित्ला ।
मिन राशि –बोलिको प्रभावले कार्य सम्पादनमा सहजता आउला ।अधुरा कार्य पून सुचारु होलान् । लेखन कलाले प्रसंसा पाउला ।
आजको लागि वास्तु टिप्स :-
घरको उन्नति र प्रगतिको लागि घरमा ऐना राख्दा कुन दिशामा राख्ने त ?
– पूर्व वा उत्तर भित्तामा राख्नुस् ।
– वेडरुममा नराख्नुस् तर राख्नै परे वेडको सामुन्ने राख्न हुदैन ।
-ढोकाको सामुन्ने राख्नु हुदैन ।
– वाथरुममा पश्चिम र दक्षिण भित्तामा राखिनु हुदैन ।
– गोलाकार एवं त्रिकोणिय राख्नु शुभ हैन
ज्योतिषी तथा वास्तुविद् माधवा शर्मा आचार्य सिद्दान्त ज्योतिष
सचिव- नेपाल ज्याेतिष परिषद् लुम्विनि प्रदेश।
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चाेक दाङ ।
फाेन नं ९८४८०६०७९९