चार समुहको वार्षीक साधारण सभा एकैदिन, नयाँ कार्यको थालनी गरीने



No description available.

मीलन समुह, गाउँ सुधार समुह, शिक्षा समुह र टोल विकास समितीको संयुक्त आयोजनामा वार्षिक साधारण सभा दंगीशरण गाउँपालिका वडा न. २ सरुवाडाँडामा सम्पन्न भएको छ । मिलन समुहकि अध्यक्ष लक्ष्मी घर्तीको अध्यक्षता एंव दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतीथ्यता तथा पालीका उपाध्यक्ष पिमा कुमारी खड्काको विशीष्ट आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतीथी गिरीले समुह मार्फत महिलाहरु आर्थीक रुपले बलीयो भएको भन्दै यो समुहलाई अझै पनि बलीयो बनाएर लग्नुपर्ने बताउँनुभयो । “मान्छे आर्थीक रुपले बलीयो हुनुपर्छ, पैसा चाहिन्छ , कहि कतै बाट ऋण नलीएर समुह बाटै आर्थीक समस्या धानीरहनुभएको छ । यो एकदमै राम्रो पक्ष हो । ” अध्यक्ष गिरीले भन्नुभयो । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले समुह मार्फत गाउँपालिकालाई राम्रो बनाउँने कुरामा महिलाहरु लागेको भन्दै खुसी ब्यक्त गर्नुभयो । “समुह मार्फत गाउँपालिकाका हरेक महिला सक्षम हुनुपर्छ भन्ने कुरामा लाग्नुभएको छ यो कार्यक्रम निरन्तर रुपमा चलीरहोस् । हामी पनि तपाईहरु संग सहकार्य गर्न तयार छौँ ।” उपाध्यक्ष खड्काले भन्नुभयो ।

साधारण सभामा मिलन समुहको माया देवकोटा, शिक्षा समुहको राजेन्द्र घर्ती, टोलविकास समुहको सिता वली, र गाउँ सुधार समुहको खिमा चौधरीले आर्थीक प्रतीवेदन प्रश्तुत गरेका थिए । समुहहरुले आगामी वर्षहरुमा पुराना काम संगै केहि नयाँ कार्य गर्ने जनाएका छन् । जसअन्र्तगत कोष बृद्धि गर्ने र जिवीकोपार्जनमा सुधार गर्ने कार्यहरुलाई प्राथमिक्तामा राखिने भएको छ । समृद्ध समाज दंगीशरणमा ५१ समुह मध्य यी समुह पनि क्रियाशिल समुह भित्र पर्दछन् । समाज परिवर्तन संगै हरेक नागरीकहरुको जिवन स्तर उकास्नका लागि यी समुहले अहम भूमिका खेल्दै आएको छ ।

No description available.

कार्यक्रमको शहजीकरण रामपती चौधरीले गर्नुभएको थियो । सभामा चार समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्