दङ्गिशरणमा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम



महिला नेतृत्व तथा क्षमता विकास सम्बन्धि तीन दिने तालिम आज दंगीशरण २ सरुवाडाडामा सुरु भएको छ ।

दंगीशरण गाउँपालिका २ नं.वडा कार्यालय काैवाघारी दाङकाे आयाेजना तथा ग्रिन फाउन्डेसन दाङकाे समन्वयमा तालिमकाे आयाेजना गरिएको हाे ।

दंगीशरण गाउँपालिका २ नं.वडाकाे वडा महिला सदस्य लुमा चाैधरीकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का वलीकाे प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका २ नं.वडाकाे वडा अध्यक्ष डम्बर खत्रीकाे विशिष्ट आतिथ्यतामा तालिमकाे उद्घाटन गरिएको हाे ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष खड्काले पालिका भित्र महिलाहरुमा नेतृत्व गर्ने शैलिकाे विकास हाेस् भन्ने उदेश्यले विगत देखि नै महिलाका सवालमा कार्यक्रम गर्दै आएकाे बताउनुभयो । महिलाहरु कुनै पनि काममा निरन्तरता दिन सके सफल भइने बताउनुभयो । घर ब्यवहार देखि सामाजिक काममा पनि सक्रियता देखाउन सके महिलाहरुकाे क्षमता बृद्दि हुने बताउनुभयो ।

साे अवसरमा ग्रिन फाउन्डेसन दाङकाे उपाध्यक्ष आशा जि.सी, दलित महिला वडा सदस्य अञ्जना वि.क, ग्रिन फाउन्डेसन दाङकाे सदस्य गिता पाैडेल लगायत शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तालिममा ३५ जना महिलाहरुको सहभागीता छ ।

पहिलाे दिनकाे तालिमकाे प्रशिक्षकहरु मानवअधिकारकर्मी शुष्मा गिरी लामिछाने, राम बहादुर जि.सी, दिपक परियार, महिला अधिकारकर्मी एशाेद्वा शर्मा रहनुभएकाे थियाे ।

दलित महिला वडा सदस्य अञ्जना वि.ककाे स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमकाे सहजिकरण ग्रिन फाउन्डेसन दाङका सदस्य सि.एम विश्वकर्माले गर्नुभएको थियोे ।

दंगीशरण गाउँपालिका २ नं.वडा कार्यालयकाे वार्षिक बजेट कार्यक्रम अनुरुप महिला लक्षित कार्यक्रम अन्तर्गत आयाेजना गरिएको तालिमकाे उदेश्य गाउँसमाजमा असल महिला नेतृत्व उत्पादन गर्नु हाे ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्