बिहेका लागि पात टिप्न गएका थिए, दुर्घटनामा परे



No description available.

दाङमा ट्याक्टर पल्टीदा २९ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते हुने सबै जना गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिनुभयो ।

बिहेका लागि पात टिप्न गएका महिलाहरु चढेको ट्याक्टर दुर्घटनामा परेको हो । ट्रयाक्टर दुर्घटनामा परी चालक र सहचालक गरी २९ जना घाइते भएको उहाँले बताउनुभयो । घटनास्थलबाट सबै घाइतेहरुलाई उपचारका लागि लमही पठाईएको छ ।

तीन जनालाई थप उपचारका लागि रिफर गरिएको छ । लु २ त ५१६४ नम्बर ट्याक्टर बुधबार बेलुका चिसापानीमा दुर्घटनामा परेको हो । थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्