प्रतीनिधि सभा सदस्यका उम्मेद्धार कोमल वलीले टिकाटिप्पनी गरेर होईन काम गरेर जनतामा समृद्ध ल्याउँने बताउनुभएको छ । “नेपाली जनतामा असल सस्ंकारको विकास हुन जरुरी छ अनी मात्र यो देश समृद्ध हुन्छ सुखी हुन्छ ।” वलीले भन्नुभयो । प्रेस चौतारी दाङले आज बुधवार तुलसीपुरमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । चुनावको यो समयमा एकअर्काको टिकाटिप्पणीले समाजमा नराम्रो शन्देस प्रवाह हुने भएकाले आफु अनी समाजलाई सकारात्मक तरीकाले अगाडि बढाउँनका लागि सकारात्मक सोचसंगै दिनको सुरुवात गर्नुपर्ने उहाँको भनाई थियो । वलीले प्रेस चौतारीका पत्रकारहरुलाई आग्रह गर्दै भन्नुभयो– “हामी अरुप्रती धेरै नकारात्मक हुन्छौँ यसले न आफु नत परिवार न समाज राम्रो बन्छ त्यसैले तपाईहरु पनी राम्रो, मिठो र सकारात्मक शन्देस लेखेर पत्रकारीताको कलम चलाउँनुस् , हरेक नागरीकहरुको चेतनामा परिवर्तन आफैँ आउँनेछ ।” गाउँको विकास, देशको विकास गर्नका लागि पनि पहिले मान्छेको मनमा सकारात्मक सोचको बिकास हुन जरुरी छ अनी मात्र जनताको परिवर्तनशिल जिवनका लागि, समाजका लागि, देशकालागि विकास गर्न सक्छ । वलीले भन्नुभयो । उम्मेद्धारसंग छलफल कार्यक्रम प्रेस चौतारीका उपाध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो अवसरमा ३(१) का प्रेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे, ३(२)का प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का, प्रेस चौतारी दाङका विभाग प्रमुख संगित बस्याल, प्रेस चौतारी दाङका सल्लाहकार जेएन सागर, उपाध्यक्ष प्रेम राम्जा लगाएतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी तुलसीपुरका अध्यक्ष वसन्त परियारले गरेका थिए ।