तुलसीपुरमा एकीकृत महिला स्वास्थ्य मेला सम्पन्न, २५१ महिलाले लिए सेवा



महिला पुनर्स्थापना केन्द्र ओरेक तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को वडा कार्यालय तथा फुलवारी स्वास्थ्य चौकी मजघटुवाको संयुक्त आयोजनामा एकीकृत महिला स्वास्थ्य मेला सम्पन्न भएको छ।

कार्यक्रम वडा नं. १३ का वडा अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो।


स्वास्थ्य मेलामा कुल २५१ जना महिलाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये २२२ जनाले VIA विधिबाट पाठेघरको जाँच गराएका थिए। जाँचका क्रममा ४ जना महिलामा पाठेघर क्यान्सरको संक्रमण देखिएको जनाइएको छ।

त्यसैगरी, ८ जना महिलाले रिङ्ग पेसरी सेवा प्राप्त गरेका छन् भने १० जनाले मनोविमर्श सेवा लिएका छन्। अन्य सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण सेवा लिएको आयोजकले जानकारी दिएको छ।

महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि र सहज पहुँचका लागि आयोजना गरिएको यस्तो कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्