तुलसीपुर उपमहानगरपालिकाका निवर्तमन नगरप्रमुख तथा मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले केन्द्रको सरकारले संविधानको उलंघन गरेको बताउँनुभएको छ । उहाँले नेपालको नयाँ संविधानले स्थानीय सरकारलाई धेरै अधिकार दिएपनि केन्द्रको सरकारले अधिकार हस्तान्तरण गर्न नसक्दा केन्द्रको सरकारले नै संविधानको उलंघन गरेको बताउनुभयो । संघियतापछि राजनैतिक रुपमा तीन तहका सरकार आएपनि पूर्ण अधिकारसहितको संघियता आउन नसकेको उहाँको ठहर थियोे ।
पाण्डेले केन्द्र सरकारले अधिकार हस्तान्तरण गर्न नसक्दा स्थानीय सरकारले आन्तरिकरुपमा सोचेजति राजश्व संकलन गर्न नसकेको बताउनुभयो । उहाँले करको दर भन्दा दायरा बढाउँदा राजश्व संकलन गर्न सजिलो हुने बताउनुभयो । उहाँले राजश्व संकलनमा संघ सरकारले धेरै अधिकार हस्तान्तरण गर्न नसकेको बताउनुभयो । कर, राजश्वका विषयमा पक्षपातपुर्ण ब्यवहार भएको भन्दै सरकारले अनुसन्धान गरि उत्तरदायी र जवाफदेहि बनाउँन लाग्नुपर्ने बताउँनुभयो ।
उहाँले भन्नुभयो शिक्षाको प्रमुख उद्धेश्य जागिर खानु मात्र होईन । देशको प्रमुख समस्या समाधान गर्नु शिक्षा प्राप्त गर्नु हो । त्यसैले कानुन ब्यवस्थापन संकाएका विधार्थीले शिक्षा प्राप्त गरि राज्यको हरेक तहमा रहि कानुन निर्माणको तहमा आफनो भूमिका निर्वाह गर्नुपर्छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरको विकासका लागि आन्तरिक राजश्व वृद्धि गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले राजश्व संकलन लक्ष्य अनुरुप संकलन हुन नसक्दा विकास निर्माणका धेरै काम प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संघियता राजनीतिक रुपमा आएपनि वित्तिय रुपमा आउन नसकेको बताएका थिए । मेट्रो कलेजले बुधबार तुलसीपुरमा गरेको कार्यक्रममा सहभागीले संघिय व्यवस्था लागु भएपछि तीन तहका सरकार गठन भएपनि केन्द्रको सरकारले पूणर् अधिकार हस्तान्तरण गर्न नसकेको बताएका हुन । कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्दे, गोरखा कलेजका प्रमुख पूणर्बिक्रम डाँगी, अधिवक्ता कोशिस गिरी लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा अर्थ विज्ञ सागर बरालले वित्तिय संघियताको अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्नुभएको हो । मेट्रो कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यार्थी प्रकाश वलीले गर्नुभएको छ ।