
नेकपा एमाले को ग्रासरुट कार्यक्रम तथा पार्टी प्रशिक्षण कार्यक्रम आज शुक्रबार दङ्गिशरण गाउँपालिका वडा न ३ मा सम्पन्न भएको छ ।
दङ्गिशरण गाउँपालिका वडा न. ३ का वडा उपाध्यक्ष मेनका अधिकारीको अध्यक्षता एंव नेकपा एमालेका केन्द्रीय सदस्य शोभा ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले देशभर संचालन भएको ग्रासरुट कार्यक्रमले पार्टी अझै बलियो भएर जाने विश्वास ब्यक्त गर्नुभयो । यो अभियान पार्टी सुद्दिकरण संगै पार्टी मजवुत पार्ने एक आधार भएकोले यसलाइ गहन तरिकाले बुझि अभियानलाई सफल पार्न नेता कार्यकर्ता सबै सहकार्य आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि ज्ञवालीले नेकपा एमाले पार्टीले जनतामुखि काम गरेपनि विपक्षीहरु त्यसको विरुद्धमा लागेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो – एमाले पार्टीले जनताहरुलाई भुमि अधिकार दिनका लागि भुमि आयोग बनाएर ८० प्रतिशत काम गरिसकेको थियो । अब लालपुर्जा दिन मात्र बाकि थियो । त्यस्तो अवस्थामा विपक्षी पार्टीले आयाेग खारेज गरि जनतालाई लालपुर्जा पाउन बाट बञ्चित गरायो। पछि त्यसको बिरोध गरेपछि राष्ट्रिय आयाेगमा परिणत गरि काम अगाडि बढाउन बाध्य भयाे ।
हामी जनतामुखि काम गर्छौ विपक्षी हामी बिरुद्ध लागिपर्छ यहि कारण जनताको दुख जनतासंग रहन गएको छ । जनताका सरोकारका याेजना सबै कटौती गरि जनतालाई रित्तो बनाएकाे जनताहरु बुझ्नुपर्छ । हामी दुख गरेर ढुकुटी भर्छाै विपक्षी त्यो ढुकुटी रित्याउछ । अब जनताकाे स्तर उन्नतिका लागि भनेको एमाले पार्टी भन्ने कुरा जनताहरु बुझ्न जरुरी छ । ज्ञवालीले भन्नुभयो – यो अभियानमा सबै लाग्नुस हामी सफल हुनेछौं । जनतामुखि हुनुस जनताकाे हर सुख दुखमा हातेमालो गर्नुस
।
सो अवसरमा प्रदेश कमिटी सदस्य धमकलि चौधरी, जिल्ला सचिवालय सदस्य भागिराम चौधरी, जिल्ला सचिवालय संगित बस्याल, दङ्गिशरण पार्टी अध्यक्ष रेशम वली, सचिव श्री प्रशाद चौधरी लगायतले आ -आफ्नो भनाई राखेका थिए । जिल्ला सदस्य भरत अधिकारी काे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम काे शहजिकरण अनेरास्ववियु जिल्ला सदस्य खुसिराम चाैधरिले गर्नुभएको थियाे । कार्यक्रममा वडाका नेता कार्यकर्ता , अगुवाहरुकाे सहभागीता रहेकाे थियाे ।



