
प्रेस चौतारी नेपाल दाङ शाखाको महिला विभागले शनिवार घोराहीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज पर्वको अवसरमा सञ्चार क्षेत्रमा आवद्ध महिला पत्रकारहरुमा पनि एक अर्कासँग आत्मीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
महिला विभाग प्रमुख दिप्तिशिखा चौधरीको अध्यक्षता एवम् प्रेस चौतारी नेपालकी केन्द्रिय उपाध्यक्ष देविका जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले तीज पर्वलाइ मौलिक बनाउन तथा संस्कृति सँग जोड्न सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण रहने भन्दै त्यस तर्फ कलम चलाउन आग्रह गरेका थिए । रितीरिवाज परम्परा र संस्कृति जोगाउने नाममा समाजलाई कुनै असर नपर्ने गरि मौलिक चाडपर्वहरु मनाउनुपर्ने उनीहरुको धारणा थियो । आधुनीक्ताका नाममा विकृती फैलदै गएको भन्दै चिन्ताको विषय बन्न पुगेको बताए । हरेक चाडपर्वहरुमा लोकशैली झल्कीनुपर्ने उनीहरुले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस सेन्टर ईत्तचार्ज लक्ष्मी आचार्य, प्रेस युनीयन नेपनल उपमहासचिव सुलोचना गौतम, पुर्व केन्द्रिय सदस्य सरिता सुवेदी, प्रेस चौतारी लुम्बीनी प्रदेश सचिव रञ्जिता शर्मा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो। प्रेस चौतारीको केन्द्रिय सदस्य रिता लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

महिला विभाग सह सयोंजक लक्ष्मी पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण प्रेस चौधरीका उपाध्यक्ष सुधासुमन ढकालले गर्नुभएको थियो ।


