प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुन शोभाकर पन्थी निर्विरोध निर्वाचित हुनु भएको छ। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार राप्ती उपत्यका देउखुरीमा भएको दोस्रो अधिवेशनमा पन्थी पुन: अध्यक्षमा निर्वाचित हुनुभएको हाे ।
पन्थिकाे अध्यक्षतामा ३७ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसकाे उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा नबराज शर्मा, बासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नबराज ज्ञवाली, मनिस पन्थ, अजम्द खलि सिद्धिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोख्रेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेल्बासे, कमल बिष्ट, माधव बेल्बासे, गिताराम बिष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रबिन्द्र गुप्ता, सुमित्रा बराल र शशी पन्थी रहेका छन् ।