तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति माविको ७० औँ वार्षिकोत्सब (हिरक जयन्ती) मनाएको छ । आज एक कार्यक्रमका बिच बिधालयले वार्षिकोत्सब मनाएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खग्रेन्द्र अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्त्री भूमिश्वर ढकालले पछिल्लो समय सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको बताउनुभएको छ । उहाले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर दिन थालेपछि संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा आउने विद्यार्थीको संख्या बढ्दै गएको बताउनुभयो ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको भविष्य सुन्दर छैन् भन्ने भाष्य गलत सावित हुँदै गएकाे उहाँको भनाइ थियाे । उहाँले तुलसीपुरको पशुपति माविको भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै योजना बनाएर आउन विद्यालय प्रशासनलाई आग्रह गर्नुभयाे ।
आजको युग अनुसारको शिक्षा हामीले व्यवस्थापन गर्न सकेनौँ भने उत्पादन हुने जनशक्तिले भोलि आफुलाई ठिक ठाउँमा पुर्याउन नसक्ने अवस्था आउन नदिन विद्यालयले प्राविधिक धारका विषय समावेश गर्दै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले तुलसीपुर उपमहानगरपालिकामा कुनै पनि बहानामा सरकारी शिक्षक, जनप्रतिनिधि, सरकारी कर्मचारी कसैले पनि छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउने छुट नरहेको बताउनुभयो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर –१२ का अध्यक्ष खुशीराम चौधरी, नेकपा एमाले दाङका सचिव सुर्य बहादुर डाँगीले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सबै लाग्नुपर्ने बताए । विद्यालयले ब्यवहारिक र प्रविधिमैत्री शिक्षामा ध्यान दिइ दक्ष जनशक्ति उत्पादनमा महात्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राधा चौधरीले विद्यालयको प्रगति विवरण पेश गर्नुभयो ।कार्यक्रमको सहजीकरण शिक्षक रमा आचार्य र महेश चौधरीले गर्नुभएको हो ।
साे अवसरमा विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । यस्तै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियोे ।