दर्शक बढेपछि मेला दुई दिन थपियाे

आज एलिना चाैहान लगाएतका कलाकारकाे दमदार प्रस्तुति


तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सव २ दिन थप गरिएको छ । महोत्सवको १४औँ दिन आज पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।

महोत्सबको १४औं दिनमा आज गायिका एलिना चौहान, गायक रोशन सिंह, डान्सर निशु रसाईली, एमटि महरलगाएत राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका हुन् ।

त्यस्तै आजपनि २० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोलीपनि गायक खेम सेन्चुरी,गायक नरेश खाती, गायक तथ उद्घोषक दिपक खड्का, गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव २ दिन थप गरेसँगै आगामी ११ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्