
नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्ला सात दिनमा मात्र १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन्।
हालसम्म ७५ जिल्लामध्ये डोल्पा र मनाङ बाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार ३ सय ५६ जना सङ्क्रमित छन्। त्यसपछि बागमतीमा १ हजार ३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, कर्णालीमा ३ सय २८ र मधेश प्रदेशमा १ सय १९ जना सङ्क्रमित फेला परेका छन्।
गएको पुसदेखि असोज २१ गतेसम्म डेङ्गीका कारण तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार

