एमाले तुलसीपुर नगर कमिटि द्धारा रक्तदान



May be an image of 7 people and people sitting

नेकपा एमाले तुलसीपुर नगर कमिटिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । आज शुक्रबार नगर कमिटीले रक्त संचार केन्द्र तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन नेकपा एमाले दाङ जिल्लाका अध्यक्ष हुकुम बस्नेतले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका बस्नेतले रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यावाद दिनुभयो । जिल्लामा रगतको अभाव रहेकोमा यस रक्तदानले केहीहदसम्म भएपनि राहत मिल्ने उहाले बताउनुभयो ।

रक्तदान कार्यक्रम तुलसीपुर नगर कमिटीका अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको थियो भने नगर सचिव रुपबहादुर खत्रीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्